२६ बैशाख २०८३, शनिबार | May 10, 2026

वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु



काठमाडौं । भक्तपुर, स्याङ्जा, कञ्चनपुर प्युठानमा वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोल लाकुलीस्थित कान्छा श्रेष्ठको घर आगनमा लगाईएको पर्खाल वर्षाको कारण भत्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६६ वर्षीया नारायण देवी थापा रहेकी छन् । उनको पुरिएर बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्खाल नजिकै हिँडिरहेको अवस्थामा पर्खाल भत्किँएर पुरिएकी उनको स्थानीय र प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

स्याङजाको गल्याङ नगरपालिका–१० डुबिनडाँडा बस्ने ढाकाराम भट्टराईको धन्सार बर्षाको कारण भत्किँदा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही धन्सारमा सुतिरेकी उनकी छोरी १२ वर्षीया रेखा भट्टराई रहेकी छन् । उनको बुधबार मृत्यु भएको हो ।

धन्सार भत्किँएर पुरिँदा गम्भीर घाइते भएकी उनको गल्याङ नगर अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका उनकै छोरा १६ वर्षीय लक्ष्मण भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरी बस्ने गोमा साउँदको घर वर्षाको कारण भत्किँदा पुरिएर सोही घरमा बस्दै आएका लाल बहादुर खुनाकी एक वर्षीया छोरी करिष्मा खुनाको मृत्यु भएको छ ।

घर भत्किँदा गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै पुरिएर घाइते भएका बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ४० वर्षीय मान्ते थारू र लाल बहादुरको छोरा ११ वर्षीय अर्जुन खुना उपचार पश्चात डिश्चार्ज भएका छन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  २ : ३८ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु