१९ बैशाख २०८१, बुधबार | May 2, 2024

नम्बर नखुलेको सवारीको ठक्करबाट एक युवकको मृत्यु



सर्लाही । सर्लाहीको हरिवनमा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

बिहीबार राति पूर्व पश्चिम लोकमार्गस्थित हरिवन नगरपालिका-११, कडरिया चौकमा नम्बर नखुेको सवारीको ठक्करबाट एक युवकको ज्यान गएको हो ।

मृत्यु हुनेमा सोही स्थानका २४ वर्षका जयबहादुर विक रहेको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । मृतक पुरुषलाई मध्यराति सवारीले ठक्कर दिएको प्रहरीको आशंका छ ।

दुर्घटनामा परेर घाईते अवस्थामा फेला परेका विकलाई प्रहरीले तत्काल उपचारका लागि नमुना अस्पताल हरिवन पु¥याएको थियो । लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । युवकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्नको आशंकामा एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जनाकारी दिए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ३३ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी