२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बाजा बजाएर क्वारेन्टाइनबाट बिदाई गरिएकामा कोरोना संक्रमण पोजेटिभ



बुटवल । कोरोना भाइरसको परिक्षण रिपोर्ट नआउंदै क्वारेन्टाईनबाट बिदा गरिएकाहरुमा पोजेटिभ रिपोर्ट आएपछि प्रहरीलाई उनीहरुको खोजी गर्न भ्याईनभ्याई भएको छ ।

बाँकेको राप्तीसोनारी गाउपालिकाको वडानं ८ को क्वारेन्टाईनमा बसेकाहरुको कोरोना परीक्षणको नतिजा नआउदै घर पठाईएकोमा उनीहरुलाई बिदा गरेलगत्तै केहिको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुलाई स्थानीय गांउपालिकाले भब्य कार्यक्रमको आयोजना गरी घर पठाएको थियो ।

राप्ती सोनारी–८ शिवशक्ति माविको क्वारेन्टाइनमा राखिएको २८ जनाको स्वाब संकलन गरिएकोमा उनीहरुको बिदाई गरिएपछि ५ जनामा संक्रमण रहेको रिपोर्ट आएको छ ।

वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मिको चरम लापरवाहीका कारण कोरोना परिक्षणको रिर्पोट नआउँदै उनीहरुलाई बिदाई गरिएको थियो । नतिजा बाहिर नआउदै फुलमाला लगाएर बाजागाजासहित घर पठाइएको थियो । बिदाई गरेको केही समयपछि आएको नतिजामा ५ जनामा कोरोना पुष्टि भएपछि उनीहरुको खोजतलास गर्न प्रहरी परिचालन गरिएको थियो । उनीहरुलाई घर घरबाट खोजेर आईसोलेशनमा ल्याईएको प्रहरीले जनाएको छ ।

उनीहरु घर पुग्दासम्म सम्पर्कमा आएका ब्यक्तिहरुको पनि स्थानीय तह र प्रहरीले खोजी सुरु गरेको छ ।

पोजिटिभ रिपोर्ट आएलगत्तै संक्रमितहरुलाई गांउकै क्वारेन्टाईनमा निर्माण गरिएको आईशोलेशनमा ल्याईएको छ ।

स्थानीय प्रहरी चौकीका ईन्चार्ज तथा प्रहरी सहायक निरिक्षक कुमार केसीले नतिजा आएपछि सबैलाई पुनः घरघरबाट खोजेर क्वारेन्टाईनमा राखिएको जानकारी दिनुभयो । उनीहरु सबै भारतबाट आएका हुन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ९ : १८ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न