२७ बैशाख २०८३, आइतबार | May 10, 2026

विनोद शाही मृत्यु प्रकरण : सदरमुकाम तनाव ग्रस्त, १२ प्रहरी र प्रर्दशनकारी घाइते



अछाम । पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मुत्यु बारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनबाट अछाम सदरमुकाम मंगसेन तनावग्रस्त बनेको छ ।

शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले शाहीको हत्या भएको दाबी गर्दै हत्यारालाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरूले वकिलको कार्यालय र जिल्ला अदालतमा ढुंगामुढा समेत गरेका छन् ।

ढुंगा लागेर १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले बताए । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास समेत प्रहार गरेको छ। जिल्लामा शान्ति सुरक्षा कायम गर्न अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी आएका छन् ।

१७ वैशाखमा बेपत्ता भएका शाही २१ असार बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए। उनको हत्या भएको भन्दै परिवारले नगरपालिकाका मेयर, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष, जिल्ला समन्वय समितिकी उपसंयोजक, सोही गाउँका शिक्षक तथा मेयरमा नजिक मानिएका एक व्यक्ति उनकी श्रीमती द्रोपती शाहीविरुद्ध किटानी जाहेरी दिएका थिए । यस्तै अन्य १३ जनाविरुद्ध पनि मृतकका दाजु डम्बर शाहीले किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले किटानी दर्ता गर्न नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी दिएका हुन्।

मेयरसहित सात जना घटनामा सम्लग्न रहेको आरोपमा पक्राउ परेका छन् । किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन् । उक्त मुद्दामा प्रहरीले मेयरसहित सात जनालाई अदालतबाट दुई दिनको म्याद थप गरी हिरासतमा राखेको छ। बाँकीको पनि खोजी कार्य जारी रहेको बताइएको छ।

अछामका पाँच राजनीतिक दलहरूले विज्ञप्ती निकाल्दै विनोदको हत्या घटनाको निष्पक्ष छानबिनको माग गर्दै बन्दको आयोजना गरेका छन् । एमाले अछाम जिल्ला कमिटी सचिव भीम रावल, नेकपा माओवादी केन्द्रका आमन्त्रित प्रदेश कमिटी सचिव शिव बोगटी, एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य बमबहादुर रावल, राप्रकाका जिल्ला सदस्य दीपक विष्ट र नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य लोकेन्द्रबहादुर शाहीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा दुई दिने यातायात बन्दको आयोजना गरिएको हो।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ४ : ३१ बजे

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गएराति

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केही बेरका