१६ पुस २०८२, बुधबार | December 31, 2025

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध



बलेवा । वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ-घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती व्यहोरिरहेका छन् । पहिरासँगै ठूला-ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ ।

आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । यो सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रका सातवटा स्थानीय तहमा सडक सम्पर्क टुटेको छ भने लोकमार्गको बाटो भएर रुकुम, रोल्पालगायतका जिल्लाका लागि हिँडेका सवारी बाटोमै रोकिएका छन् ।

त्यस्तै जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मीशेरा सडक पनि पहिराका कारण अवरुद्ध भएको रानाले जानकारी दिए । बागलुङ नगरपालिका-१० दव्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी र सम्बन्धित कार्यालयको पहलमा सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ७ : ५९ बजे

नयाँ वर्षका लागि भरिँदै सौराहा

चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार

पुषभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा अघि बढ्यौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी एकता, आत्मविश्वास

अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी लिन प्रदेश सरकार तयार : मुख्यमन्त्री

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई

ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत

टेक्सस । प्रवासी नेपालीको मागबमोजिम टेक्ससको ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै नेपाली