२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

एकै दिन झण्डै सय जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित चार सय नाघे



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार एकै दिन करिब सय जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार यस अवधिमा तीन हजार एक सय १२ जनाको नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये पीसीआरबाट ७३ जनामा र एन्टिजेनबाट १७ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार नौ सय ४४ जनामा पीसीआर र एक हजार एक सय ६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

कोरोना संक्रमणको जोखिम केही कम भएसँगै सर्वसाधारणले स्वास्थ्यका सामान्य मापदण्ड समेत पालना गर्न छोडेका छन् । यही कारण कोरोनाको जोखिम बढ्दै गएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य मापदण्डप्रति बेवास्ता गर्ने हो भने यसको जोखिम झने बढ्ने उनीहरूको भनाइ छ ।

मन्त्रालयका अनुसार कोरोना महामारीको जोखिम नसकिएकाले स्वास्थ्य मापदण्डलाई पूर्ण पालन गर्न छोड्नु हुँदैन । नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ११ हजार पाँच सय ३१ जनाले कोरोना खोप लगाएका छन् भने कोरोना संक्रमण निको हुनेमा २० जना छन् । यस्तै, मंगलबार ९० जनामा कोरोना देखिएसँगै चार सय एक जना संक्रिय संक्रमित उपचाररत रहेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ७ : ३३ बजे

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना