२३ बैशाख २०८१, आइतबार | May 6, 2024

एकै दिन झण्डै सय जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित चार सय नाघे



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार एकै दिन करिब सय जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार यस अवधिमा तीन हजार एक सय १२ जनाको नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये पीसीआरबाट ७३ जनामा र एन्टिजेनबाट १७ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार नौ सय ४४ जनामा पीसीआर र एक हजार एक सय ६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

कोरोना संक्रमणको जोखिम केही कम भएसँगै सर्वसाधारणले स्वास्थ्यका सामान्य मापदण्ड समेत पालना गर्न छोडेका छन् । यही कारण कोरोनाको जोखिम बढ्दै गएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य मापदण्डप्रति बेवास्ता गर्ने हो भने यसको जोखिम झने बढ्ने उनीहरूको भनाइ छ ।

मन्त्रालयका अनुसार कोरोना महामारीको जोखिम नसकिएकाले स्वास्थ्य मापदण्डलाई पूर्ण पालन गर्न छोड्नु हुँदैन । नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ११ हजार पाँच सय ३१ जनाले कोरोना खोप लगाएका छन् भने कोरोना संक्रमण निको हुनेमा २० जना छन् । यस्तै, मंगलबार ९० जनामा कोरोना देखिएसँगै चार सय एक जना संक्रिय संक्रमित उपचाररत रहेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ७ : ३३ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa