२७ बैशाख २०८३, आइतबार | May 10, 2026

गाउँपालिका केन्द्रमै खानेपानीको हाहाकार



मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको पालिका केन्द्रमै खानेपानीको समस्या छ । गाउँपालिकाको वडा नम्बर ६ का बासिन्दालाई अहिले पनि खानेपानीका लागि हाहाकार बेहोर्नु परेको हो ।

सोरु गाउँपालिकाको सोरुकोट पालिका केन्द्रका दलित र गैरदलितका करिब ५० भन्दा बढी घरधुरीका बासिन्दाहरू वर्षौदेखि पानीका लागि गतिलोसँग प्यास मेटाउन पाएका छैनन् ।

सोरुकोटमा गाउँपालिका केन्द्र भएको ६ वर्ष पुगिसकेको छ । सत्ता फेरिए पनि सोरुकोट बासीले आफ्नो अवस्था नफेरिएको गुनासो गरेका छन् ।

निर्वाचनका बेला नेताहरूले खानेपानीलाई चुनावी नारा बनाउने गरेका छन् । अहिलेसम्म पनि गाउँपालिकाको केन्द्र सोरुकोटमा आवश्यकता अनुसारको खानेपानी उपभोग गर्न नपाएको सोरुकोटमा पसल व्यवसाय गर्दे आएकी कविता शाहीले बताइन् ।

सोही टोलकी कमली मल्ल घर नजिकैको धारापानीले बस्तुभाउलाई खान त परै जावस आफूहरूका लागि करिब एक घण्टा लगाएर खानेपानी उपभोग गरिरहेको उनी सुनाउँछिन् ।

‘करिब ५० भन्दा बढी घरधुरीले उपभोग गर्दे आइरहेको एउटा धारो छ । त्यही पनि पानी कहिले चुहिन्छ भनेर पखाइमा बस्ने गरेका छौं । धारामा पानी नआए हामीहरूलाई बिहान बेलुका छाक टार्न पनि समस्या हुन्छ,’ उनले भनिन् ।

धारोमा पानी नआए एक घण्टा समय लगाएर सोरुकोट गाउँको तल पट्टी जडेपानी, धुपी गाउँ गएर पानी बोक्नुपर्ने समस्या रहेको मल्लको भनाइ रहेको छ ।

डोकोमा गाग्री बोकेर पानी ल्याउने उनीहरूको लुगा धुने नुहाउने थलो पनि त्यही एक धारा मात्रै रहेको छ । सोरुकोटमा पानी पनि बिहान ६ बजेदेखि ८ बजेसम्म आउँछ भने साँझ त्यही ५ बजेबाट एक दुई घण्टा आउँछ ।

सोरुकोट गाउँमा तीन वटा धारा छन् । तर, पानी झर्दैन । एक गाग्री पानी लिन धारामा घण्टौं कुर्नुपर्छ । त्यसमा पनि आलो कतिबेला आउँछ भन्ने निश्चित नै हुँदैन ।

नेताहरूले चुनावका बेला बाटो निर्माण, खानेपानीलगायत योजनाका कुरा गरेर जनता फकाउने मात्र काम गरेको स्थानीय बताउँछन् ।

पालिकाका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार समग्र सोरु बासीको मुहार फेर्नको लागि बृहत् खानेपानी आयोजना भइरहेको उनले बताए । यो आयोजनाले यहाँका स्थानीयले सहजै रूपमा खानेपानी उपभोग गर्न पाउने अध्यक्ष शाहीको भनाई छ । टेण्डर प्रक्रिया पनि अगाडी बढेको उनी बत्ताउँछिन् ।

सोरुकोटमा खानेपानीको हाहाकार भएपछि विशेष गरेर महिलालाई सास्ती हुने गरेको छ । सोरुकोटमा पानीको हाहाकार हुँदा महिनावारी भएको बेला महिलालाई सरसफाइदेखि लिएर लत्ता कपडा धुन पनि सास्ती हुने गरेको हो ।

महिनावारी भएको बेला समय-समयमा सरसफाइ गरी रहनुपर्छ भनेर चिकित्सकहरूले बताए पनि पानी अभावले सरसफाइमा समस्या हुने गरेको मल्लको भनाइ छ ।

 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ६ : ५६ बजे

कम्युनिस्ट एकताको आवश्यकता बढ्यो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापा । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

पार्टी प्यालेसको विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको

लम्की-टीकापुर-खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर