१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

रुकुम नरसंहार र विभेद विरुद्ध बुटवलमा दिउँसै बत्ति बालेर प्रदर्शन



बुटवल । नेपालमा पछिल्लो समय जातीयताकै कारण पश्चिम रुकुममा नरसंहार भएको र दलितमाथि देशैभर विभेद कायम भएपछि सरकारको ध्यानआर्कषण गराउन बुटवलमा दिउँसै बत्ती बालेर विरोध प्रदर्शन गरिएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल प्रदेश ५ र रुपन्देही शाखाको आयोजनामा शुक्रबार बुटवल राजमार्ग चौराहामा सरकार अध्यारोमा कहाँ छ, उज्यालो यहाँ छ भन्दै मैनबत्ती बालेर प्रदर्शन गरिएको हो । पत्रकार, अधिकारकर्मी एंव आम नागरिकहरुको सहभागितामा रुकुम नरसंहारका दोषीलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो ।

उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष एंव संविधानसभा सदस्य विनोद पहाडीले राष्ट्रपती, प्रधानमन्त्री र गृहमन्त्रीलाई दलित समुदाय कहिलेसम्म मारिनुपर्ने हो ? जवाफ चाहियो भनेर प्रश्न गर्नुभयो । उहाले गृहमन्त्रीलाई नवराज विकलाई आफ्नो छोरा सम्झन अपिल गर्दै तुरुन्त उच्च स्तरीय संसदीय छानविन समितिको माग गर्नुभयो ।

अन्य घटना, दुर्घटनामा मारिदा सरकारले तुरुन्तै कारवाही थाल्ने भएपनि अहिले रुकुममा निर्मम रुपमा दलित समुदाय र अन्य यूवाहरु मारिदा पनि मुकदर्शक भएकोमा आपत्ति जनाउनुभयो ।

उहाले रुकुमका नवराज विक सहितका अन्य हत्या भएका यूवा र रुपन्देहीकी अंगिरा पासीको हत्यामा संलग्नलाई कारवाही नहुँदासम्म दिउँसै बत्ती बालेर सरकार खोज्दै हिड्ने बताउनुभयो । सरकारले जातीय छुवाछुतलाई अन्त्य गरेको भनेपनि व्यवहारमा कायम भएकाले यसका विरुद्ध लकडाउनमा पनि बाध्यताले सडकमा होमिनुपरेको दुखेसो पोँख्नुभयो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले रुकुमको नरसंहार मानव सभ्यताकै लागि कलंक भएको भन्दै दोषीलाई कारवाही नगर्दासम्म शान्ति समाज विरोधमा उत्रने प्रतिबद्धता जनाउनुभयो ।

मुक्ति समाजका नेता जोगलाल विश्वकर्माले जातीयताकै कारण हत्या हुदा पनि सरकारले दोषीलाई कारवाही नगर्दा सडकबाट सरकारको खोजी गर्दै बत्ति बाल्दै हिड्नपरेको भन्दै यो विरोधलाई सामान्य नमान्न चेतावनी दिनुभयो । उक्त विरोध प्रदर्शनमा क्रियाशिल महिला पत्रकार रुपन्देहीका अध्यक्ष भगवती पाण्डे, राष्ट्रिय दलित पत्रकार संघ, नेपालका प्रदेश सचिव सञ्जय सौगात, रुपन्देही सचिव सुरेश परियारले एक्यवद्धता मन्व्य राख्नुभएको थियो ।

उक्त प्रदर्शनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हरि लम्साल, नेपाल पत्रकार महासंघ प्रदेश ५ उपाध्यक्ष भरत केसी, रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे सहित राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारी तथा अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ५ : ४० बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’