१ पुस २०८२, मंगलबार | December 16, 2025

‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक रोग होइन: डा ढकाल



झापा । झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ ।

हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए ।

उनले यो समस्या भाइरल इन्फेक्सनजस्तो नभएको हुँदा हालसम्म झापामा कुनै जटिल समस्यासमेत नआएको जानकारी दिए । डा ढकालले भने, “छाला रोगको विशषेज्ञ भएर सेवा दिएको १७ वर्ष भयो, प्रत्येक वर्ष यो समस्या देखा पर्छ । विगतमाभन्दा अलि बढी यसपाली देखिएको हो । डरलाग्दो र भयानक रोग भने होइन ।”

“हामी यसलाई पेडेरस डर्माटाइटिस भन्छौँ”, उनले भने, “यो नाइरोबी फ्लाई नामक किराले नटोके पनि मानिसको शरीरमा लत्पतिएपछि निस्कने पिपका कारण पनि आउँछ । देख्नेबित्तिकै सफा पानीले धोएमा कुनै एलर्जी पनि हुँदैन ।” डा ढकालले किराले सङ्क्रमण गराइहालेमा पनि नआत्तिने र बढी चिलाए वा पोलेमा नजिकको स्वास्थ्यचौकी वा छाला रोग विशेषज्ञलाई तुरुन्त देखाउन आग्रह गरे ।
उनले विगतमा भन्दा मानिसमा स्वास्थ्यको चेतनास्तर वृद्धि भएपनि सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका कारण सानो समस्या देखिनेबित्तिकै बढी आत्तिने गरेको बताए ।

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १ : ०२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष