१७ श्रावण २०८३, आइतबार | August 2, 2026

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा आइतबार पेश हुने



काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक प्रतिनिधिसभामा आइतबार पेश हुने भएको छ ।

भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि त्यसअनुसार संविधान संशोधन गर्न विधेयक गत जेठ ९ गते दर्ता गराएको थियो ।

आगामी आइतबार विधेयक प्रतिनिधिसभामा पेश हुने नेकपा संसदीय दल स्रोतले बताएको छ । प्रमुख प्रतिपक्षी दलले आफ्नो पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयबाट संशोधन विधेयकलाई समर्थन गर्ने विश्वास गर्दै नेकपाले आइतबार विधेयक अघि बढ्ने र फास्ट ट्रयाकबाट पारित गरिने जनाएको छ ।

संविधानको अनुसूचि ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्शा परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्छ ।

संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री ओलीको आग्रहमा गत मंगलबार सर्वदलीय बैठक बसेको थियो । बैठकमा राष्ट्रियताको विषय समेटिएको संविधान संशोधन जस्तो विषयमा कुनै शर्त नराखी एकमत हुन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको थियो ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्नुपर्ने बताएको थियो । मधेश केन्द्रित दल राजपा र समाजवादी पार्टीले भने आफुहरूले उठाउँदै आएको माग पनि अहिले नै संशोधन गर्नुपर्ने माग राखेका थिए ।

काँग्रेस केन्द्रीय कारेय समिति बैठक शनिबार बस्दैछ ।
काँग्रेसको निर्णयका आधारमा विधेयक प्रतिनिधिसभामा पेस हुने नहुने निर्णय हुने संसद सचिवालय स्रोतले बताएको छ ।

गत बुधबार विधेयक पेश हुने कार्यसूचि रहे पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ९ : ३४ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको