३ पुस २०८२, बिहिबार | December 19, 2025

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा आइतबार पेश हुने



काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक प्रतिनिधिसभामा आइतबार पेश हुने भएको छ ।

भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि त्यसअनुसार संविधान संशोधन गर्न विधेयक गत जेठ ९ गते दर्ता गराएको थियो ।

आगामी आइतबार विधेयक प्रतिनिधिसभामा पेश हुने नेकपा संसदीय दल स्रोतले बताएको छ । प्रमुख प्रतिपक्षी दलले आफ्नो पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयबाट संशोधन विधेयकलाई समर्थन गर्ने विश्वास गर्दै नेकपाले आइतबार विधेयक अघि बढ्ने र फास्ट ट्रयाकबाट पारित गरिने जनाएको छ ।

संविधानको अनुसूचि ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्शा परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्छ ।

संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री ओलीको आग्रहमा गत मंगलबार सर्वदलीय बैठक बसेको थियो । बैठकमा राष्ट्रियताको विषय समेटिएको संविधान संशोधन जस्तो विषयमा कुनै शर्त नराखी एकमत हुन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको थियो ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्नुपर्ने बताएको थियो । मधेश केन्द्रित दल राजपा र समाजवादी पार्टीले भने आफुहरूले उठाउँदै आएको माग पनि अहिले नै संशोधन गर्नुपर्ने माग राखेका थिए ।

काँग्रेस केन्द्रीय कारेय समिति बैठक शनिबार बस्दैछ ।
काँग्रेसको निर्णयका आधारमा विधेयक प्रतिनिधिसभामा पेस हुने नहुने निर्णय हुने संसद सचिवालय स्रोतले बताएको छ ।

गत बुधबार विधेयक पेश हुने कार्यसूचि रहे पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ९ : ३४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको