६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

रेशम चौधरीको निसर्त रिहाइको माग गर्दै ज्ञापनपत्र



सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीले रेशम चौधरीको निसर्त रिहाइ लगायतका माग गर्दै सोमबार राखी ज्ञापन-पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गरी लोसपाले उक्त ज्ञापन-पत्र बुझाएको लोसपाकी नेतृ पुनम यादवले बताइन् ।
जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा गएका नेताकार्यकर्ताले सप्तरीका  प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई विभिन्न १४ बुँदे मागसहितको ज्ञापन-पत्र बुझाएका हुन् ।
लोसपाको ज्ञापन-पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले ज्ञापन-पत्र आजै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौं पठाउने प्रतिबद्धता गरेका छन् ।
ज्ञापन-पत्रमा सांसद रेशम चौधरीसहित विभिन्न आन्दोलनको क्रममा पक्राउ परेका राजबन्दीहरूलाई निसर्त रिहाइ गर्नुपर्ने, देशमा व्याप्त महंगी, भ्रष्टाचार, कृषिको लागि मलखाद र नागरिकताविहिनको लागि नागरिकता उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न १४ बुँदे माग राखेका छन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ६ : ३२ बजे

इरानबाट पछि हट्ने ट्रम्पको संकेत

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट पछि हट्ने ट्रम्पको

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर

त्रिशूली । नुुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा

आज पनि घट्यो सुनचाँदीकोे मूल्य

काठमाडौ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५