२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

पिकअपको ठक्करबाट अटोचालकको मृत्यु



झापा । झापाको बुद्धशान्ति गाउँपालिका-४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ ।

बुद्धशान्ति-७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उक्त दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका थिए ।

बुद्धशान्ति-४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२च २०६३ नंको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे १ ह ४६४४ नंको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा अटोचालक खड्कासँगै मेचीनगर-७ की १८ वर्षीया बिना सेञ्चुरी र मेचीनगर-४ की ३२ इन्दिरा राई घाइते भएकी थिइन् । घाइते भएका उनीहरूमध्ये अटोचालक खड्काको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न पिकअप र चालक इलाम सूर्योदय नगरपालिका-१० का ५१ वर्षीय दिलीपकुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ७ : ३७ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि