२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

मेलम्ची करिडोरमा २९ स्थानमा तटबन्ध



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् ।

नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन् ।
गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बु देखि दोलालघाट सम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ ।

यसले नदीको बहाब नियन्त्रण गर्न, बस्ती बाटो संरक्षण लागि राहत पुगेको चनौटेका स्थानीय रविन कक्षपतिले बताए । ४ करोड लागतमा बागमती प्रदेश अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट अस्थायी संरक्षणका लागि ३१ योजना राखिएकामा २९ योजना कार्यान्वयन भएको छ ।

हेलम्बुको चनौटे, किउल, मेलम्ची बजार, चनौटे बजार, बाहुनेपाटिका बजारमा अस्थायी संरक्षणले कटानबाट जोगिएको भू तथा जलाधार ब्यवस्थापन कार्यालय सिन्धुपाल्चोक प्रमुख दिवाकर मास्कले बताए ।

डेढ मिटर तार जाली प्रयोग गरी आधा मिटर पछाडि छाड्दै ५ मिटर अग्लो र ५५ मिटर लामो तटबन्ध निर्माण भएका छन् । तटबन्धकै कारण ग्याल्थुमको मेलम्ची भ्याली क्याम्पस, तालामाराङको तेर्से मा।वि र बाहुनेपाटिको जाल्पादेवि मा.विका भवन तथा संरचना नदिको कटानबाट जोगिएका जाल्पादेवि माविका प्राचार्य विष्णु गौतमको भनाई छ ।

 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ४१ बजे

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन

म विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले

राज्यका निकायले निजी क्षेत्रलाई तर्साउने र निरुत्साहित गर्ने काम गर्दैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित

६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट

बुटवल । मातातिर्थ औंशी का अवसरमा लुम्बिनी केबलकारले ६० वर्षमाथिका

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,