२७ बैशाख २०८३, आइतबार | May 11, 2026

पशुपति क्षेत्रभित्र उच्छृंखल गतिविधि गरे १ साउनदेखि कारवाही



काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा सूचीमा सुचीकृत पशुपति क्षेत्रभित्र हुने सबै प्रकारका उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको छ ।

पशुपति क्षेत्र मानवीय गतिविधिका कारण अशान्त बन्नुको साथै पशुपंक्षीमा समेत नकारात्मक असर पुगेको निश्कर्ष निकाल्दै कोषले १ साउनबाट लागू हुनेगरी उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको हो । कोषले हिन्दू धर्मालम्बीहरूको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई शान्त बनाउन अभियान अघि सारेको हो ।

आन्तरिक मात्र नभई विदेशी पर्यटकहरूको समेत रोजाइको गन्तव्य पशुपति क्षेत्रभित्र पछिल्लो समयमा चर्को स्वरमा संगीत बजाउने, जुम्बा डान्स गर्ने, योगको नाममा अप्राकृतिक गतिविधि हुँदै आएको छ । कोषले धार्मिक आस्थाको केन्द्रलाई ध्यान गर्ने स्थलको रुपमा कायम राख्न अप्राकृतिक गतिविधि रोक्न सुरु गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापाले विशुद्ध रुपमा योग र ध्यान गर्ने केन्द्र पशुपति क्षेत्रमा पछिल्लो समयमा गलत अभ्यास भएपछि त्यसलाई रोक्न काम सुरु गर्न लागिएको बताए । उनले भने, ‘विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रलाई शान्त बनाइ राख्न कोषले काम सुरु गरेको छ ।’ सुरक्षा निकाय, स्थानीयवासी र सरोकारवालाको सहकार्यमा कोषले अभियानकै रुपमा गलत गतिविधि पशुपति क्षेत्रभित्र हुन नदिने उनले बताए ।

पशुपति क्षेत्रको भण्डारखाल, श्लेष्मान्तक वन तथा मृगस्थली, शिव र पार्वतीको क्रीडास्थलको रुपमा रहेको बताउँदै विशुद्ध धार्मिक आध्यात्मिक ध्यान केन्द्रमा उत्श्रृंखल गतिविधि हुन गलत भएको बताएको छ ।

कोषले मर्निङ वाकको नाममा पौराणिक एवं ऐतिहासिक धार्मिक गतिविधिभन्दा भिन्न किसिमका गतिविधिहरू हुनु आपत्तिजनक विषय भएको बताउँदै ब्याटमिन्टन, फुटबल, भलिबल खेल्ने, चर्को स्वरमा संगीत बजाएर नाच्न नदिने बताएको छ । धार्मिक ध्यान केन्द्रमा अप्राकृतिक गतिविधि हुँदा पशुपति क्षेत्रमा रहेका बाँदर, मृग, तथा अन्य पशुपछी, जावतजावत गर्न कठिन हुनुको साथै उनीहरूको दैनिकीमै असर पुगेको कोषले जनाएको छ ।

सदस्यसचिव थापाले भने, ‘पशुपति क्षेत्रभित्र भएका अप्राकृतिक गतिविधिले बाँदर आक्रमक भएर बटुवामाथि आक्रमण गर्ने क्रम बढेको छ, बाँदर जंगल छोडर बस्ती पस्दा समस्या सृजना भएको छ, गलत काम रोक्ने काममा कोष लागेको छ ।’

भण्डारखाल क्षेत्रमा गलत क्रियाकलाप बढ्दा साधुसन्तहरूको ध्यान र पूजामा समेत नकारात्मक असर पुगेको बताउँदै उनले यस्ता क्रियाकलापले ऐतिहासिक स्मारक क्षेत्रमा रहेका बोटविरुवा जंगल क्षेत्रमा रहेका संरक्षित सम्पदाहरूको समेत विनाश बढेको बताए ।

कोषले १ साउनदेखि लागू हुने गरी हाल हुँदै आएको उच्श्रृंखल गतिविधिमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । यस्ता खालका गतिविधि नगर्न र नगराउन आग्रह गर्दै कोषले आग्रहलाई बेवास्था गरे कानुन बमोजिम कारवाहीको प्रक्रिया समेत अघि बढाउने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  २ : २३ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको