४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रपति भण्डारीद्वारा १३ विधेयक प्रमाणीकरण



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३ विधेयक प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विभिन्न १३ विधेयक राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार प्रमाणीकरण गरेको उल्लेख गरेको जनाएको छ ।

विधेयकको नाम

१. लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

२. आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

३. ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक

४. राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक

५. नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक

६. तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

७. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक

८. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक

९. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक

१०. सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक

११. औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक

१२. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक

१३. रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको