२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

फर्जी माईन्यूट खडा गरी तिलोत्तमा नगरपालिकाका नगरप्रमुख खाणले गरे नगरसभा नै स्थगित



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले फर्जी माइन्यूट तयार गरी गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेका छन् । जसका कारण तिलोत्तमा नगरपालिकाको बजेट पारित हुन सकेको छैन ।

पटक पटक सर्दै आएको नगरसभाको बैठक शुक्रबारका लागि बोलाइएको थियो । बैठकमा नगरप्रमुखले बजेट पारित गर्ने कार्यसूची मात्र पेश गरेका थिए । तर एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले बजेटका साथै न्यायिक समिति लगायत चारवटा विषयगत समिति गठनलाई पनि कार्यसूचीमा राख्न गरेको आग्रह नगरप्रमुखले अस्वीकार गरेका थिए ।

नगरसभा बैठकको माइन्यूटमा ८८ जनाको हस्ताक्षर भएकोमा नगरप्रमुख खाणले नगरसभाको हल बाहिर छुट्टै फर्जी माइन्यूट खडा गरी ४१ जनाको हस्ताक्षर गराएर गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको आरोप छ।

“नगरसभाले गठन गर्नुपर्ने विषयगत समितिहरुलाई बेबास्ता गर्ने गरी वैधानिक व्यवस्था विपरित अघि बढ्न खोज्दा सिंगो नगरपालिकाको काममा असर पर्न सक्छ” उनले भनिन् ।

असार १० गते उपप्रमुख चौधरीले नगरसभामा बजेट प्रस्तुत गरेपछि त्यसका लागि छलफल तथा पारित गर्न असार २१ गते नगरसभाको बैठक आह्वान गरिएको थियो । तर उक्त बैठक सूचना टाँसेर असार २६ गतेका लागि सारिएको थियो । उक्त दिनको बैठक पनि स्थगीत गरी शुक्रबारका लागि सारिएको थियो । यसअघि असार २८ गतेको कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति गरी चारवटा विषयगत समिति नगरसभाले पारित गर्नुपर्ने वैधानिक व्यवस्था भएकाले बजेट पारित गर्ने दिन यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने अडान लिएका थिए ।

नगरसभामा ८८ जनाको हस्ताक्षर हुँदाहुँदै नक्कली माइन्युट खडा गरेर नगरसभा स्थगीत गर्नु दुर्भाग्यपूर्ण रहेको नगर कार्यपालिकाका सदस्य सुरेन्द्र श्रीले बताए । “९१ सदस्यीय नगरसभामा ८८ जनाको हस्ताक्षर छ, तर नगरप्रमुखले विषयगत समिति गठन नगर्ने मनसायका साथ नक्कली माइन्यूट खडा गरेर नगरसभा नै स्थगीत गर्नु निकै चिन्ताजनक र दुर्भाग्यपूर्ण कुरा हो, यसमा हाम्रो गम्भीर असहमति छ”–उनले भने ।

यस विषयमा प्रतिक्रियिा लिन खोज्दा नगरप्रमुख खाणले भने फोन उठाएनन् । पटक पटकको फोन सम्पर्कको प्रयासमा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

 

 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : ५३ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि