१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

एमसीसी संसदको अंग भएकोमा नेकपा नेताहरु सहमत, संसदले जे गर्छ त्यसैअनुसार अघि बढ्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले एमसीसी सम्झौतासँग जोडिएका परियोजनाहरुलाई तत्काल अघि नबढाउने निर्णय गरेको छ ।
बजेटमा एमसीसीसँग जोडिएका परियोजनाहरु समावेश भएको र वैदेशिक ऋण तथा अनुदान सारंश शिर्षकको अनुुसूचिमा एमसीसी सहयाता लिने लेखिएपछि बढेको विवाद मत्थर पार्न बसेको नेकपा सचिवालय बैठकले तत्काल ती परियोजनाहरु अघि नबढ्ने सहमति गरेको हो ।

एमसीसी सम्झौता र बजेटको अनुसूचीमा राखिएको एमसीसीको योजनाभित्रको कार्यक्रमको स्पष्टताका निम्ति छलफल गरिएको बताउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले संसदबाट सम्झौता पारित भएर अघि बढेमा त्यसैअनुप हुने, नभए सरकारले आवश्यक वैकल्पिक व्यवस्थाबारे सोचेर अघि बढ्ने बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘यदि संसदले त्यसअनुसार अनुमोदन गरेन भने सरकारले आवश्यक वैकल्पिक व्यवस्थाबारे अगाडि सोचेर बढ्ने कुरा नै अर्थमन्त्रीले पनि स्पष्ट पार्नुभएको छ र संसदमा पनि त्यसअनुसार नै स्पष्ट पार्ने, जानकारी गर्ने भनिएको छ ।’

एमसीसी प्रस्ताव अहिले संसदमा विचाराधीन छ । ‘त्यसैले बजेटको व्यवस्था पनि त्यही अनुसार हुने कुरालाई स्पष्ट पारिने अर्थात प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनु भएअनुसार नै एमसीसी सम्झौता अनुमोदन भएको खण्डमा त्यस अनुसार हुनेछ ।’

पार्टीले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनका आधारमा छिट्टै सचिवालयको बैठके आवश्यक निष्कर्षमा पुग्ने समझदारी बनेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । ‘पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन यसअघि नै बुझाइसकेको छ, त्यो प्रतिवेदनलाई समेत अध्ययन गरेर छिट्टै सचिवालयको बैठकमा त्यसबारेमा गम्भीर छलफल गरी आवश्यक निष्कर्षमा पुग्ने समझदारी बनेको छ’, उहँले भन्नुभयो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  १ : ४९ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा