२९ माघ २०८२, बिहिबार | February 12, 2026

फेरि थपियो सत्य निरूपण र बेपत्ता आयोगको म्याद



काठमाडौं । सरकाले आजदेखि लागू हुनेगरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन गर्न गठित आयोगको म्याद फेरि थप गरेको छ ।

गत वर्ष साउन १ गतेदेखि लागू हुनेगरी थप गरिएको समय सकिएसँगै सरकारले यो पटक भने तीन महिनाका लागि फेरि म्याद थप गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले गत राजपत्रमा सूचना प्रकाशित गर्दै दुबै समितिको म्याद २०७९ असोज मसान्तसम्म थप गरिएको जनाएको छ । दुवै आयोग २०७१ साल माघ २७ गते दुई वर्षका लागि भनेर गठन गरिएको थियो ।

दुई वर्षमा काम नसकिएपछि एक वर्ष म्याद थप्न सक्ने व्यवस्था गरिएको थियो । तर आयोगले समयमा काम गर्न नसकेपछि पटक पटक गरी झन्डै ९ बर्षसम्म देखी म्याद थप गर्दै आएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा झण्डै ६५ हजार हजार गुनासा दर्ता भएका छन् भने वेपत्ता छानबिन आयोगमा ३ हजार बढी उजुरीहरू दर्ता भएको दुवै आयोले जनाउँदै आएका छन ।

आयोगले सशस्त्र द्वन्द्वमा पीडित व्यक्तिहलाई परिपुरणको व्यवस्थाका लागि सरकारलाई सिफारिस गर्ने र सशस्त्र द्वन्द्वकालीन घटनासँग सम्बन्धित गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीका लागि सरकारसमक्ष सिफारिस गर्ने आयोगको उद्देश्य राखेर दुवै आयोग गठन गरेको भए पनि अहिलेसम्म सो आयोगले कारवाही प्रक्रिया अघि बढाउन सकेको छैन । जसकाकारण आयोगको म्याद पटक पटक थपिँदै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ८ : ३६ बजे

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक

चक्कु प्रहार गरेर किशोरको हत्या

दैलेख । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक

लुम्बिनी वल्ड स्कुलको अध्यक्षमा गोपाल टण्डन

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाबाट गोपाल