१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

सीमाको क्वारेन्टाइनमा बसेकाहरुको तत्काल कोरोना परीक्षण गराउन प्रदेशससभा सदस्यहरुको माग



बुटवल । प्रदेश नं ५ का प्रदेश सभा सदस्यहरूले विदेशबाट आएर सीमामा क्वारेन्टाइनमा बसेकाहरूको तत्काल कोरोना परिक्षणको व्यवस्था मिलाउन माग गरेका छन् ।

शनिबार बसेको प्रदेश सभाको बैठकमा बोल्ने अधिकांस सभासदहरुले सीमामा क्वारेन्टाइनमा बसेका नेपालीको तत्काल परिक्षण गरी गन्तब्य पु¥याउन माग गरेका थिए । प्रदेश विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुदै प्रदेश सभा सदस्यहरूले उक्त माग गरेका हुन् ।

प्रदेश सभा सदस्यहरूले कोरोनाको बहानामा प्रदेशको राजधानी र नामाकरण गर्ने कार्यलाई पछाडि धकेल्न नहुनेमा समेत जोड दिए ।

प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल,चेतनारायण आचार्य,फकरूद्दिन खान,कल्पना पाण्डे लम्साल,सन्तोष पाण्डे,हरिप्रसाद रिजाल लगायतले भारतबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्वारेन्टाइनमा बसेको लामो समय बितिसक्दा पनि कोरोना परिक्षण नभएको बताए । उनीहरुले क्वारेन्टाइनमै बस्नुपर्ने बाध्यता लम्ब्याउन नहुने भन्दै तत्काल परिक्षणको व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गरे ।

शनिबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरू भोज प्रसाद श्रेष्ठ,कमलराज श्रेष्ठ,कृष्णध्वज खड्का,दिपेन्द्र कुमार अधिकारी,खड्क बहादुर खत्री,इन्द्रजित थारू,निर्मला क्षेत्री,तारा जिसि लगायले प्रदेश विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुदै आगामि वजेट आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

प्रदेश सभाको अर्को बैठक यही जेठ ३२ गते दिउँसो १ बजे बस्नेगरि स्थगित भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ७ : ३३ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा