११ भदौ २०८३, बिहिबार | August 27, 2026

बुटवलमा खुल्यो आँखा दान अभियानको सम्पर्क कार्यालय, मरणोपरांत आँखा दान गर्न चाहनेले सम्झौता गर्न सक्ने



बुटवल । आँखा दान गर्न चाहनेहरुका लागि बुटवलमा पहिलो पटक आँखा दानको सम्पर्क कार्यालय खुलेको छ । नेपाल आँखा दान समाज तथा नेपाल आँखा बैक तिलगंगा काठमाडौको व्यवस्थापन र तिलोत्तमा नेवा मयजु खलको संयोजनमा बुटवलमा सम्पर्क कार्यालय खुलेको हो ।

सम्पर्क कार्यालयको उदघाटन तथा वृहत आँखादान सचेतनाका लागि आज बुटवलमा बृहद कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौ केन्द्रित आँखादानको अभियानलाई पछिल्लोसमय देशका अन्य मुख्य शहरहरुमा पनि सचेतनामुलक अभियानका रुपमा संचालन गर्न लागिएको नेपाल आँखा बैंक तिलगँगाले जनाएको छ ।

उदघाटन कार्यक्रममा बोल्दै नेपाल आँखा बैक तिलगंगा काठमाडौका निर्देशक शंखनारायण त्वयनाले काठमाडौं केन्द्रीत आँखा दानको अभियानलाई देशब्यापी बनाउने लक्ष्यका साथ बुटवलमा सम्पर्क कार्यालय स्थापना गरिएको बताए । आँखाको नानीको दानबारे समुदायमा रहेको भ्रमलाई चिर्दै आफुहरु निरन्तर अभियानमा लागेको उनले बताए । सामान्यतया आँखा दान भएको अवस्थामा शरिर चिस्यानमा राखेको अवस्थामा २४ घण्टा भित्र गरिएको आँखा अन्यलाई प्रत्योरोपण गर्न मिल्ने उनले बताए । ‘एक जनाले दान गरेको आँखाबाट २ जनाले हेर्न सक्छ ।’– उनले बताए ।

अहिले अस्पतालमा आँखाको नानी प्रत्यारोपण वापत सिमीत शुल्क लिने गरिएको भन्दै उनले काठमाडौं उपत्यकामा मात्रै वर्षको १० हजार बढी आँखाको नानीको माग हुदै आएको बताए । यसैगरि उपत्यका बाहिरपनि उत्तिनै संख्यामा माग भएपनि दाताहरुबाट भने वर्षभरिमा १ हजार २ सय भन्दा बढी संकलन नहुने गरेको उनले बताए । उपत्यकामा एक सय बढि गुठि, संगठन र पत्रकार मिलेर आँखा दानको अभियान चलाउदै आएको पनि उनले बताए ।

नेपाल आँखा दान समाजका निवर्तमान अध्यक्ष साधुराम महर्जनले पूण्यकार्य भएपनि त्यसको प्रचारप्रसार हुन नसकेको बताए । चार वर्ष पघि आँखा दानको अभियान शुरु गरिएको भएपनि कोभिड संक्रमण र अन्य विविध कारणबाट अभियान रोकिएको उनले बताए । अवका दिनमा विद्यालय, फैक्ट्रि, कलकारखाना तथा घनाबस्ती भएका टोलहरुमा पुगेर प्रचार र सचेतनाका कामलाई अघि बढाईने उनले जानकारी दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले आँखादानको महत्व समुदायमा बुझाउन नसक्दा दाता कम भएको बताए । स्थानिय टोलटोलबाट समितिहरु परिचालित गरेर आँखा दानको महत्व बुझाउदै अभियानलाई घरदैलोका रुपमा अघि बढाउन उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा वडा नं ३ का वडाअध्यक्ष विष्णु प्रसाद ढकाल, नेवा पुच, नेवा परिषदका अध्यक्ष काजीमान श्रेष्ठले आँखादान प्रत्यक्ष दाताले भोग्न र देख्न नपाईने भएपनि दानपाउने ब्यक्तिलाई धेरै महत्वपुर्ण हुने बताए ।

कार्यक्रममा खलका अध्यक्ष मिलन श्रेष्ठ (मिनु), सचिव सुनिता श्रेष्ठले सम्पर्क कार्यालय मार्पmत आवश्यक प्राविधिक सहयोग लिएर अभियानलाई अघि बढाउने बताईन ।

 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  २ : ०६ बजे

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन