१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

भारतबाट आउने तरकारी र मासुजन्य पदार्थमा रोक



बर्दिया । बर्दियाको मधुवन नगरपालिकाले भारतबाट आउने तरकारी र मासुजन्य पदार्थलाई रोक लगाएको छ ।

नगरकार्यपालिकाको बैठक बसी लगडाउनको समयमा मात्र नभएर अरु समयमा पनि तरकारी र मासुजन्य पदार्थलाई नगरपालिका क्षेत्रमा प्रतिबन्ध लगाएको हो । मधुवन नगरकार्यपालिकाको बैठकले अवैध रुपमा आयातहुने कुनैपनि सामानलाई मधुवन नगरपालिकामा रोक लगाउने निर्णय गरेको हो ।

नगरपालिकाभित्र भारतबाट अवैध रुपमा आयात हुने तरकारी र मासुजन्य पदार्थले कृषकलाई नै असर गरेको कारण ति सामानहरुलाई रोक लगाईएको मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर केसीले बताउनुभयो ।

केसीका अनुसार नगरपालिका र जिल्लाका कृषकले उब्जाएको तरकारीले बजार नपाउने र भारतबाट अत्याधिक विषादी प्रयोग भएको तरकारी आयात हुने पछि भारतीय तरकारी र मासुजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाइएको हो । ‘अब नगरपालिका भित्रका कृषकलाई तरकारी र मासुजन्य पदार्थ उत्पादनका लागि प्रोत्साहन गर्छौं’, उहाँले बताउनुभयो ।

तरकारी आयातबन्द भएपछि मधुवनलगाएत बर्दिया जिल्लाका कृषकहरु हर्षित भएका छन् । भारतबाट आउने विषाक्त र सस्तो तरकारीसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको कृषकहरुले बताएका छन् ।

कतिपयले भारतबाट अवैध रुपमा आउने सामानमा रोक लगाएपछि मधुवन नगरपालिकाभित्र मुल्य अप्रत्यासित रुपमा बढ्ने अनुमान लगाएका छन् । कालोबजारी बढ्न सक्ने हुनाले मधुवन नगरपालिकाले बजार अनुगमनमा पनि तिव्रता दिने भएको छ

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  १० : ०० बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा