४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतबाट आउने तरकारी र मासुजन्य पदार्थमा रोक



बर्दिया । बर्दियाको मधुवन नगरपालिकाले भारतबाट आउने तरकारी र मासुजन्य पदार्थलाई रोक लगाएको छ ।

नगरकार्यपालिकाको बैठक बसी लगडाउनको समयमा मात्र नभएर अरु समयमा पनि तरकारी र मासुजन्य पदार्थलाई नगरपालिका क्षेत्रमा प्रतिबन्ध लगाएको हो । मधुवन नगरकार्यपालिकाको बैठकले अवैध रुपमा आयातहुने कुनैपनि सामानलाई मधुवन नगरपालिकामा रोक लगाउने निर्णय गरेको हो ।

नगरपालिकाभित्र भारतबाट अवैध रुपमा आयात हुने तरकारी र मासुजन्य पदार्थले कृषकलाई नै असर गरेको कारण ति सामानहरुलाई रोक लगाईएको मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर केसीले बताउनुभयो ।

केसीका अनुसार नगरपालिका र जिल्लाका कृषकले उब्जाएको तरकारीले बजार नपाउने र भारतबाट अत्याधिक विषादी प्रयोग भएको तरकारी आयात हुने पछि भारतीय तरकारी र मासुजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाइएको हो । ‘अब नगरपालिका भित्रका कृषकलाई तरकारी र मासुजन्य पदार्थ उत्पादनका लागि प्रोत्साहन गर्छौं’, उहाँले बताउनुभयो ।

तरकारी आयातबन्द भएपछि मधुवनलगाएत बर्दिया जिल्लाका कृषकहरु हर्षित भएका छन् । भारतबाट आउने विषाक्त र सस्तो तरकारीसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको कृषकहरुले बताएका छन् ।

कतिपयले भारतबाट अवैध रुपमा आउने सामानमा रोक लगाएपछि मधुवन नगरपालिकाभित्र मुल्य अप्रत्यासित रुपमा बढ्ने अनुमान लगाएका छन् । कालोबजारी बढ्न सक्ने हुनाले मधुवन नगरपालिकाले बजार अनुगमनमा पनि तिव्रता दिने भएको छ

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  १० : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको