१५ बैशाख २०८१, शनिबार | April 27, 2024

संविधान संशोधन विधेयक संसदमा पेश, नेपालको नयाँ नक्शा संविधानमा समावेश हुँदै



काठमाडौं । संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश भएको छ ।

प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक-२०७७ बैठकमा विधेयक पेश गर्नुभएको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनुसूची ३ मा रहेको निशान छाममा राख्नुपर्ने भएपछि संविधान संशोधन गर्न संसदमा विधेयक पेश भएको हो ।

प्रतिनिधि सभाको बैठकमा संविधान संशोधन विधेयक पेश गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पास भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेश गर्नुभएको हो । सांसदहरुले संविधान संशोधनको उक्त प्रस्तावमा कुनैपनि विरोधको सूचना राखेका थिएनन् ।

जेठ १४ गतेको संसदको बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम समावेस गरिएको भएपनि अन्तिम समयमा कार्यसूचीबाट हटाइएको थियो ।

सरकारले काँग्रेसको निर्णय कुरेर बसेको थियो । गत बुधबार पेश गर्ने कार्यसूचि रहेपनि अन्तिम समयमा आएर विधेयक पेश हुनबाट रोकिएको थियो तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको शनिबार बसेको बैठकले विधेयकका पक्षमा मतदान गर्ने भएपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा विधेयक पेश गरिएको हो ।

संविधान संशोधन भएपछि नयाँ नक्शाले औपचारिक रुपमा मान्यता पाउनेछ भने सरकारले संयुक्त राष्ट्र संघ लगायत सबै विदेशी नियोगहरुमा समेत नयाँ नक्शा बुझाउने छ । भारतसँग सीमाको विषयमा वार्ता हुँदा अब नेपालले नयाँ नक्शा अनुसार नै आफ्नो अडान प्रस्तुत गर्नेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ११ : ३७ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा