१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

मंकीपक्स, हैजा र कोरोनाबारे सरकार उदासिन भएको एमालेको आरोप



काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले मंकीपक्स, हैजा र कोभिडबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर एमाले सांसद योगेश भट्टराईले मंकीपक्स, हैजा र कोरोनाभाइरस संक्रमण महामारीको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

२३ जुलाईमा विश्व स्वास्थ्य संगठनले मंकीपक्सको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको भन्दै उनले यसबाट बच्नका लागि सरकारले कुनै कदम नचालेको आरोप लगाए ।

विश्वभर १८ हजार १९४ जना मंकीपक्सका संक्रमित रहेका र पाँच जनाको मृत्यु भइसकेको भन्दै सांसद भट्टराईले सीमानाकासहितका स्थानमा सावधानी नपनाएको बताए ।

साथै मंगलबार बिहानसम्म काठमाडौं उपत्यकामा ३४ जना हैजाका बिरामी रहेका र हैजा नियन्त्रणमा पनि सरकारले कुनै काम गर्न नसकेको उनको आरोप छ ।

पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमण पनि बढ्दै गएको भन्दै उनले कोभिड नियन्त्रणका लागि पनि सरकारबाट कुनै काम नभएको बताए । तत्काल मंकीपक्स, हैजा र कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक कार्य गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १ : ५२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित