१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कोहलपुर दाम्पत्ति हत्याकाण्ड : नेपालगन्जका ‘कन्ट्रयाक किलर’बाट हत्या भएको खुलासा



नेपालगन्ज । कोहलपुर नगरपालिका वडा नं. १४, पार्वतिपुरमा भएको दाम्पत्ति हत्याकाण्डमा नेपालगन्जका कन्ट्रयाक किलर प्रयोग भएको खुलासा भएको छ ।

कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियाको हत्याका योजनाकार सहोदर दाजु बिजयले भारतीय सुटरलाई सुपारी दिएर हत्या गराईएको पहिलो बयान दिएपनि पछि प्रहरी समक्ष नेपालगन्जकै कन्ट्रयाक किलरलाई सुपारी दिएको बयान फेरेका छन् ।

दाजु विजय र भाउजु रेखाको योजनामा नेपालगन्ज उपमहानगरपालिका १९ का राजन सोनकर र वडा नम्बर १८ का सकिल अली शेषले कृष्ण र अञ्जलीको हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । हत्या आरोपी राजन र सकिल मंगलवार मध्यराती हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित राजन र सकिल पक्राउ गरिएको बाँके प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । पक्राउ परेका राजन र सकिलले विजय र रेखाले ५० हजार रुपैयाँ दिएर भाई कृष्ण र बुहारी अञ्जलीको हत्या गराएको प्रहरी समक्ष स्वीकारेको डीएसपी न्यौपानेले बताए ।

प्रहरीका अनुसार विजय र रेखाले शुरुमा भारतीय सुटरलाई एक लाख रुपैयाँ दिएर सुपारी दिए पनि पैसा बुझेर भारतीय किलरहरु सम्पर्कमा नआएपछि नेपालगन्जका राजन र सकिलमार्फत् हत्या गराएका हुन् । घरमा सुतिरहेका कृष्ण र अञ्जलीलाई राजन र सकिलले शुरुमा एक गोली पड्काएर तर्साई त्यसपछि उनीहरूको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजन र सकिलले हत्या गरेर निस्केपछि विजय र रेखा दुबैजना मिलेर मृतक कृष्णको नाडी काट्नुका साथै बुहारी अञ्जलीको घाँटीमा डोरी राखिदिएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : ०४ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार