२० मंसिर २०८२, शनिबार | December 6, 2025

साउदीमा अर्धचेत अवस्थामा रहेका रामबहादुर तामाङलाई नेपाल पठाइयो



रियाद । साउदी अरबमा अर्धचेत अवस्थामा रहेका नेपाली नागरिक राम बहादुर तामाङलाई नेपाल पठाइएको छ । रियादस्थित नेपाली दूतावासको पहलमा उनलाई नेपाल पठाइएको हो ।

गत जनवरी २०२२ मा साउदी अरबको अल कासिम क्षेत्रमा सडक दुर्घटना परी तामाङ गम्भिर घाइते भएका थिए । उनको हायलस्थित साउदी–जर्मन अस्पतालमा उपचार भइरहेको थियो ।

काभ्रे जिल्ला रोशी गाउँपलिका–४ स्थायी ठेगाना भएका तामाङलाई नेपाल एयरलाइन्सको उडानबाट नेपाल पठाइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

‘अस्पतालमा उहाँको उपचार खर्च स्वास्थ्य वीमाले कभर गर्ने सीमा भन्दा २ लाख ५० हजार साउदी रियाल बढी भैसकेको थियो । वीमाले कभर गर्ने सीमा भन्दा माथिको उपचार खर्च तिर्न कम्पनी तयार थिएन । एकातिर बिरामीको अवस्था गम्भिर नै थियो । बिरामीको अन्य अंगहरूले राम्ररी काम गरिरहेको भएता पनि दुर्घटनाका कारण टाउकोमा लागेको गहिरो चोटले गर्दा उनमा पूर्ण होस आएको थिएन,’ दूतावासले जारी गरेको विज्ञप्तिमा तामाङका विषयमा भनिएको छ ।

उपचार बापत अस्पतालमा तिर्न बाँकी रहेको २ लाख ५० हजार साउदी रियाल अस्पतालले मिनाह गरिदिएको दूतावासले जनाएको छ ।

अस्पतालले विरामीलाई उनको परिवारको साथमा राखेर आवश्यक हेरचाह गर्दा उनीमा छिटो होस आउनसक्ने हुँदा जतिसक्दो चाँडो नेपाल लैजान सुझाव दिएपछि उनलाई नेपाल पठाइएको दूतावासले जनाएको छ ।

तामाङलाई स्ट्रेटचरमा राखेर नेपाल लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको जानकारी दूतावासले दिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  १२ : ४१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय