१० चैत्र २०८२, मंगलबार | March 24, 2026

डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका ढकाल भन्छन्- देउवालाई आराम दिन आएको हुँ



डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकालले बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले मुलुक हाँक्न ४० वर्ष मुनिका युवा आवश्यक रहेको बताए । उनले आगामी संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन पुरै नयाँ’ अभियानसहित तीन वटा मुद्दा लिएर अगाडि बढेको बताए ।

जसमा वातावरण विकाससँगै संस्कार संस्कृति, युवाहरूको प्रत्यक्ष नेतृत्व बुवाआमाबाट सल्लाह, हजुरबुबा हजुरआमाहरूलाई स–सम्मान आराम र विकास र संविधानमा उल्लेख गरिएका बुँदाहरू कार्यान्वयन छन् ।

शेरबहादुर देउवालाई आराम दिन डडेलधुरा आएको उनी बताउँछन् । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डलगायतलाई आराम दिन देशभरि युवा उठाउने अभियान सुरु गरेको उनको भनाइ छ ।

‘शेरबहादुरहरूलाई स–सम्मान आराम दिने हो । उहाँहरूले धेरै मेहेनत गर्नु भयो । हाम्रो लागि बोल्ने वातावरण बनाइदिनु भयो,’ उनले भने, ‘बुवा पुस्ता गगन थापा, योगेश भट्टराई, घनश्याम भुसालहरू ढुङ्गा मुडा गरेर आउनु भएको हो । उहाँहरू लोकतन्त्रको लागि लड्दिनु भयो । अब सल्लाह दिने काम गर्नुहुन्छ ।’

व्यवस्था पाइसकेकोले अवस्था परिवर्तन गर्ने समय आएको उनको भनाइ छ । डडेल्धुराबाट देशभरि सन्देश दिन आफूले उम्मेदवारी दिएको उनले बताए । सांसद बन्नको लागि मात्रै हो भने शिक्षित सहरबाट चुनाव लड्न सक्ने उनको तर्क छ । डडेल्धुरामा मात्रै आगो बाल्न सके देशभरि फैलिन सक्ने उनको दाबी छ ।

उनी भन्छन्, ‘१६५ क्षेत्रबाटै युवा उठे । तर, म डडेल्धुराबाट हारे भने अन्य ठाउँबाट त जित्छन्, म हार्नु ठूलो कुरा होइन देशले जित्नु पर्छ । म देउवालाई हराउन आएको होइन । ४०र५० देशलाई कसरी हाँक्नु पर्दछ भन्ने भिजन ल्याएर आएको हुँ ।’

पाहुनालाई माया गर्ने नेपालीको संस्कार भएकोले त्यो माया पाउने उनको अपेक्षा छ । उनले डडेल्धुराको युवालाई गुल्मीबाट उठ्नसमेत आग्रह गरे । देशको मुद्दा लिएर जसले जहाँबाट उठे पनि हुने उनको तर्क छ ।

डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी क्षेत्र हो । बुधबार बस चढेर उनी डडेल्धुरा पुगेका हुन् । ढकाल पेसाले इन्जिनियर हुन् । उनी आफैंले पनि बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको बताएका छन् ।
ब्खबतबच

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ६ : ५१ बजे

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको