१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बजेटको कार्यान्वयनले समाजबादको आधार तय गर्नेछ : महासचिव पौडेल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले शिक्षा,स्वास्थ्य र कृषिको विकासमा केन्द्रित बजेटको कार्यन्वयनले समाजवादको आधार तय गर्ने बताउनु भएको छ।

प्रतिनिधिसभामा आज बजेटमाथि छलफलमा भाग लिदै महासचिव पौडेलले कोभिड १९ महामारी नियन्त्रण मुख्य अभिभारा भए पनि महामारी सकिएको भोलिपल्ट केही पनि गर्न नसक्ने अवस्थामा देश पुग्न नहुने बताउनुभयो ।

उहांले अबको कार्यभार महामारी नियन्त्रणमा केन्द्रित हुँदै आर्थिक गतिविधि र उत्पादनलाई निरन्तरता दिनु रहेको बताउनु भयो ।

कोरोनाले उत्पन्न समस्यालाई बजेटले प्राथमिकता दिएको बताउंदै उहांले आर्थिक गतिविधि र उत्पादन बृद्धिमा निरन्तरा दिएनौं भने कोरोना सकिएको भोलिपल्ट केही गर्न नसक्ने अवस्थामा पुग्ने चेतावनी समेत दिनुभयो ।

महासचिव पौडेलले बजेटले लकडाउनका कारण धाराशायी भएका उद्योगधन्दा तथा व्यवसायहरुलाई ५ प्रतिशत सहुलियत कर्जा तथा १ खर्बको पुनर्कर्जा राहत दिएको दाबी गर्नुभयो । १२ लाख प्रत्यक्ष तथा परोक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य महत्वपूर्ण भएको पौडेलको भनाई छ ।

उहांले स्रोत व्यवस्थापनको दृष्टिले बजेट यथार्थपरक रहेको भन्दै सरकार लोकल्याणकारी राज्यको अवधारणबाट पछि नहटेको समेत जिकीर गर्नुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ६ : २१ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो