२० भदौ २०८३, शनिबार | September 5, 2026

भारतीय संगीतकार वाजिद खानको कोरोना संक्रमणका कारण निधन



एजेन्सी । भारतीय फिल्म तथा संगीत उद्योगका चर्चित जोडी साजित–वाजिदका एक मुख्य पात्र अर्थात चर्चित संगीतकार वाजिद खानको गएराती निधन भएको छ । खानको पारिवारिक श्रोतले उनको निधन भएको पुष्टि गरेको हो ।

त्यसैगरी गायक सोनु निगमले पनि आफ्नो फेसबुकमा संगीतकार खानको निधन भएको उल्लेख गरेका छन । स्वर्गीय खानको पारिवारिक श्रोतले बताए अनुसार उनी मृगौला पीडित थिए र दुई बर्षअघि उनको मृगौला प्रत्यारोपण गरिएको थियो ।

घाँटीमा ईन्फेक्सन भएका कारण मुम्बइको चेम्बुरस्थित सुराना अस्पतालमा भर्ना भएका खानको खानको परिक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सन १९८१ मार्च १० मा जन्मेका खानको ताजा गीत ‘भाई–भाई ’एक साता अघि रिलिज भएको थियो ।

यो गीत नायक सलमान खानसंगको सहकार्यमा निर्माण गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन । वाजिद खान आफना दाई साजिद खानसंग मिलेर संगीत सृजनाको काम गर्दै आएका थिए ।

साजिद–वाजिदको जोडीले सन १०९८ मा सलमान खान अभिनित सुपरहिट फिल्म ‘मैन प्यार किया’ मा संगीत दिएको थियो । यो जोडीले अहिलेसम्म ९ बर्षसम्म निरन्तर संगै काम गर्ने क्रममा १६ फिल्म हिट भएका छन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ९ : २२ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २