२२ मंसिर २०८२, सोमबार | December 8, 2025

एक वर्षमा नेपालीले खाए विदेशबाट आयात गरेको साढे १७ अर्बको फलफूल



काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिव साढे १७ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो ।

सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको विभागले जनाएको छ ।

उक्त मूल्यमा गत आर्थिक वर्ष विभिन्न प्रकारका २९ करोड ७८ लाख ८२ हजार ३७ केजी फलफूल नेपाल भित्रिएको छ ।

गतवर्ष नेपालले ७ अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ र १ अर्ब ६३ करोड ७१ लाख ३४ हजार रुपैयाँको केरा आयात गरेको छ ।

सोही समयमा १ अर्ब १० करोड ९४ लाख ७८ करोड रुपैयाँको आँप तथा अम्बा, १ अर्ब २७ करोड १९ लाख ७५ हजार रुपैयाँको सुन्तला र २ अर्ब ४४ करोड ५४ लाख ४३ हजार रुपैयाँको अंगुर नेपालले आयात गरेको छ ।

विभागका अनुसार गतवर्ष १ अर्ब १३ करोड ६२ लाख ८८ हजार रुपैयाँको अनार, ५६ करोड १८ लाख ७५ हजार रुपैयाँको खरबुजा, २६ करोड ५४ हजार रुपैयाँको मेवा र १५ करोड १ लाख ७५ हजार रुपैयाँको भुइकटर नेपाल भित्रिएको छ ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट १६ अर्ब ५२ करोड ६२ लाख २० हजार रुपैयाँको फलफुलहरु आयात गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालले ९३ करोड ६० लाख ३६ हजार रुपैयाँ बढीको फलफुल आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ३ : ४८ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन