बुटवल । देउसी भैलोको बहानामा सार्वजनिक स्थानमा अश्लिल नृत्य गर्ने थप ३ जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका बिभिन्न स्थानहरुमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकुल हुने गरी देउसी भैलो कार्यक्रममा अश्लिल नृत्य प्रर्दशन गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ७ कान्छीबजारबाट नियन्त्रणमा लिएको रुपन्देही प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । पक्राउ पर्नेहरुमा सल्यान कपुरकोट गाउँपालिका वडा नं ४ की २२ वर्षिया पुजा ठकुरी, दाङ गढवा गाउँपालिका वडा नं. ७ की २३ वर्षिया सपना चौधरी र गुल्मी सत्यवति गाउँपालिका वडा नं. ६ बस्ने २४ वर्षिया बिपना मगर रहेका छन् ।
पक्राउ परेका तीनैजनालाई सार्वजनिक हित र नैतिकता बिरुद्धको कसूरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान कार्य जारी रहेको डीएसपी चन्दले बताए ।
रुपन्देही प्रहरीले प्रहरीले गयराती पनि अश्लिल नृत्य प्रदर्शन गरेर देउसी भैला खेलिरहेका रुपन्देहीको देवदह नगरपालिका-७ निवासी ३० वर्षीय चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका-३ निवासी २१ वर्षीय प्राप्ती बस्नेतलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई राति करिब १२ः०५ बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका-१० स्थित महिलावार बजारबाट नियन्त्रणमा लिएको थियो ।

















प्रतिक्रिया