२ श्रावण २०८३, शनिबार | July 18, 2026

एनआरएनए बैंकक सम्मेलनः पर्यटन, ज्ञान, सीप र लगानीमा केन्द्रित हुने



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको सम्बोधन नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले गर्ने भएका छन् ।

मिलाप, ‘टुगेदर वी स्ट्याण्ड’ नारासहित आयोजना हुने सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने आयोजकले जानकारी दिएको छ । सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक एनआरएनए थाइल्याण्डले जनाएको छ ।

अगस्ट २६ देखि २८ सम्म बैंककको मिलिनियम हिल्टन होटलमा हुने सम्मेलनलाई श्रममन्त्री शेरबहादुर कुँवर, एमाले सांसद डा सूर्य पाठक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, व्यवसायी राजेन्द्र खेतानलगायतले सम्बोधन गर्ने एशिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलले जानकारी दिए ।

सम्मेलनमा चीन, म्यानमार, थाइल्याण्ड र मलेसियाका लागि नेपाली राजदूतहरु, व्यवसायी, संचारकर्मी, वर्तमान अध्यक्षहरु तथा पदाधिकारीहरु, पूर्वअध्यक्ष, नेपाल सरकारका उच्च अधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति हुनेछ ।

संघका अध्यक्ष भविन्द्र बस्नेतले सम्मेलनमा भाग लिन जानेहरुले छिटो भन्दा छिटो होटल बुकिङ गर्न आग्रह गरेका छन् । नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थल लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले थाइल्याण्डका पर्यटन मन्त्रीलाई नै कार्यक्रममा सहभागी गराउने तयारी रहेको बस्नेतले जानकारी दिए ।

५० जनाभन्दा बढी वक्ता रहने सो गैरआवासीय नेपाली संघका मुख्य मुद्दाहरु नेपाली नागरिकताको निरन्तरता, मताधिकारको अधिकार, नेपालमा लगानी तथा महिला र युवाहरुका समस्या र समाधानको विषयमा सम्मेलन केन्द्रीत हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।

सो सम्मेलनमा बिभिन्न विषयगत विज्ञहरुले आआफ्नो कार्यपत्र समेत प्रस्तुत गर्ने संघले जनाएको छ । सम्मेलनमा नेपालका चर्चित कलाकारहरुले समेत आआफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय कलाकारका अतिरिक्त, नेपालका चर्चित गायक कुमार पुन, हाँस्यकलाकारहरु सन्दिप क्षेत्री, सुमन कोइराला, भरतमणी पौडेल, श्याम सितललगायतको प्रस्तुत रहनेछ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : ५३ बजे

अक्सफोर्ड माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ

चीनको चोङकिङमा पहिरो : आठको मृत्यु, ३४ जना बेपत्ता

चोङकिङ । चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा पहिरोमा परी कम्तीमा आठजनाको

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भाद्र १ गते

नेपालगन्ज । दलगत प्रतिस्पर्धाको परम्परा रहँदै आएको नेपालगन्ज उद्योग वाणिज्य

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको