२८ माघ २०८२, बुधबार | February 11, 2026

मह अभिनित “महापुरुष”मा शिवम् सिमेन्टले सहकार्य गर्ने



काठमाडौ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस् विचमा नेपाली कथानक चलचित्र “महापुरुष” का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ आज सम्झैतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट, के.पि. रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डि.जि.एम. मार्केटिङका केशव अर्याल उपस्थिति रहेको थियो भने षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविद्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री लगाएत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो ।

उक्त चलचित्र आगामी कात्तिक ११ मा रिलिज हुन गइरहेको छ र मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरु रहेका छन् र चलचित्रको लेखन तथा निर्देशन प्रदिप भट्टराईलेले गरेका छन् ।

पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसंग सहकार्य गर्ने क्रम बढ्दै गएको छ ।
अतः सोही क्रमको निरन्तरता स्वरुप एक आपसको भरोसालाई मजबुत पार्ने उद्देश्यले शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारी लगाएतका फिल्महरुमा समेत सहकार्य गरेको थियो ।

जसबाट दुबै पक्षलाई एक–आपसको प्रर्बद्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको थियो । सोही क्रमको निरन्तरता स्वरुप आज शिवम् सिमेन्ट र षड्कोण आर्टस् बिच मह अभिनित महापुरुष चलचित्रमा पनि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा षड्कोण आर्ट्का तर्फबाट निर्देशक प्रदिप भट्टराईले शिवम् सिमेन्ट जस्तो अग्रणी ब्राण्डसंग सहर्काय गरी चलचित्र निर्माण एवम् प्रबद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राण्डलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए ।

साथै यसरी विभिन्न ब्राण्डहरुले चलचित्र क्षेत्रमा सहकार्य गर्नु सकारात्मक भएको बताउदै शिवम् सिमेन्ट प्रति आभार व्यक्त गरेका थिए ।
शिवम् सिमेन्ट लिमिटेडले आफुप्रतिको भरोसालाई मजबुत पार्दै विभिन्न क्षेत्रहरमा जस्तै, शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १ : ०० बजे

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा