६ श्रावण २०८३, बुधबार | July 23, 2026

सीमा नाकाका बजारभन्दा सस्तो र सहज सपिङ एकैथलोमा एनजी मार्केट



बुटवल । तिलोत्तमा नपा वडा नं ४ मा राधाकृष्ण टोलमा रहेको ढाई विगाहा पुर्खौली जग्गालाई सदुपयोग गरेर २६ वर्षिय युवा ब्यवसायी आवास बन्जाडेले स्वदेशमै ब्यवसायबाट नाम र दाम कमाउने सपना बुनेका छन ।

हजुरबुबा ईन्द्रप्रसाद बन्जाडे, बुबा नारायण बन्जाडे, आमा गिता र आफ्नो नाम आवासको पहिलो अक्षरबाट बनेको छ, आईएनजिए । चार वर्षअघि मास्टर सकेका उनी विदेश जानेतर्फ मन गरेनन । आईएनजिए सपिङ कम्प्लेक्स एनजी मार्केटबाट ब्यवसाय शुरु गरे । ब्यापारिक नगरका रुपमा विकास भैरहेको बुटवल, तिलोत्तमा र भैरहवाका उपभोक्तालाई लक्षित गरि यो शुरु गरेका हुन ।

करिब १ अर्ब लगानी भैसकेको उनले बताए । चार महिना अघि सफ्ट ओपनिङ गरेर उपभोक्ताको माग र आवश्यकता बुझ्ने अवसर पाएको उनले बताए । मार्टमा खाद्यान्न, कपडा, प्लाष्टिक वेयर, गिफ्ट आईटम सबै प्रकार उपलब्ध छ । यसैगरि सैलुन, ईलेक्ट्रिक आईटम, बुटिक, फर्निचरका शोरुम समेत अन्तिम चरणमा रहेको उनले बताए ।

करीब ४० हजार स्क्वायर फिटमा डिपार्टमेन्ट रहेको छ । अर्गानिक भेजिटेबल, गार्मेन्ट्रस, सास्कृतिक, क्याजुअल कपडा लगायत सबै रहेका छन । माथिल्लो तलामा २५ सय स्क्वायर फुटमा युनिसेक्स सैलुन र बुटिक, स्पा, फेसियलका सेवा दिने ब्यवस्था छ । यसैगरि परिवारसंग सपिङ गर्न आउनेलाई लक्षित गरि चिल्ड्रेन गार्डेन, आकर्षण र स्वादयुक्त क्याफे, रेष्टुरेन्टको राम्रो ब्यवस्थापन गरिएको छ ।

रेष्टुरेन्टसंगै पार्किङको ब्यवस्थापन रहेको छ । नेपालीहरुको चाडपर्वहरुमा सपिङ गर्न आउने ग्राहक वर्गलाई लक्षित गरि विशेष योजनासमेत ल्याउने तयारी गरेको उनले बताए । सबैभन्दा अगाडि रहेको २५ हजार स्क्वायर फुटमा आकर्षक फनिर्चर स्वरुम तयार गरिरहेको उनले बताए । एउटा घर निर्माण गर्दा त्यसमा फर्निचरको सबै ब्यवस्थापनबारे जानकारी यहा दिइने संचालक नारायण बन्जाडेले बताए ।

भारतिय बजारभन्दा नेपालमै सस्तो बजार रहेको दाबी गरे । सिमा क्षेत्रमा गएर दुख र सास्तीलाई भुलेर स्वदेशमा नै सहज रुपमा बजार गर्ने व्यवहार सिकाउने थलोका रुपमा यो रहेको उनले बताए । न्युनतम खरिदमा होम डेलिभरिको समेत ब्यवस्था रहेको उनले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ८ : ४५ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क