१७ माघ २०८२, शनिबार | January 31, 2026

सीमा नाकाका बजारभन्दा सस्तो र सहज सपिङ एकैथलोमा एनजी मार्केट



बुटवल । तिलोत्तमा नपा वडा नं ४ मा राधाकृष्ण टोलमा रहेको ढाई विगाहा पुर्खौली जग्गालाई सदुपयोग गरेर २६ वर्षिय युवा ब्यवसायी आवास बन्जाडेले स्वदेशमै ब्यवसायबाट नाम र दाम कमाउने सपना बुनेका छन ।

हजुरबुबा ईन्द्रप्रसाद बन्जाडे, बुबा नारायण बन्जाडे, आमा गिता र आफ्नो नाम आवासको पहिलो अक्षरबाट बनेको छ, आईएनजिए । चार वर्षअघि मास्टर सकेका उनी विदेश जानेतर्फ मन गरेनन । आईएनजिए सपिङ कम्प्लेक्स एनजी मार्केटबाट ब्यवसाय शुरु गरे । ब्यापारिक नगरका रुपमा विकास भैरहेको बुटवल, तिलोत्तमा र भैरहवाका उपभोक्तालाई लक्षित गरि यो शुरु गरेका हुन ।

करिब १ अर्ब लगानी भैसकेको उनले बताए । चार महिना अघि सफ्ट ओपनिङ गरेर उपभोक्ताको माग र आवश्यकता बुझ्ने अवसर पाएको उनले बताए । मार्टमा खाद्यान्न, कपडा, प्लाष्टिक वेयर, गिफ्ट आईटम सबै प्रकार उपलब्ध छ । यसैगरि सैलुन, ईलेक्ट्रिक आईटम, बुटिक, फर्निचरका शोरुम समेत अन्तिम चरणमा रहेको उनले बताए ।

करीब ४० हजार स्क्वायर फिटमा डिपार्टमेन्ट रहेको छ । अर्गानिक भेजिटेबल, गार्मेन्ट्रस, सास्कृतिक, क्याजुअल कपडा लगायत सबै रहेका छन । माथिल्लो तलामा २५ सय स्क्वायर फुटमा युनिसेक्स सैलुन र बुटिक, स्पा, फेसियलका सेवा दिने ब्यवस्था छ । यसैगरि परिवारसंग सपिङ गर्न आउनेलाई लक्षित गरि चिल्ड्रेन गार्डेन, आकर्षण र स्वादयुक्त क्याफे, रेष्टुरेन्टको राम्रो ब्यवस्थापन गरिएको छ ।

रेष्टुरेन्टसंगै पार्किङको ब्यवस्थापन रहेको छ । नेपालीहरुको चाडपर्वहरुमा सपिङ गर्न आउने ग्राहक वर्गलाई लक्षित गरि विशेष योजनासमेत ल्याउने तयारी गरेको उनले बताए । सबैभन्दा अगाडि रहेको २५ हजार स्क्वायर फुटमा आकर्षक फनिर्चर स्वरुम तयार गरिरहेको उनले बताए । एउटा घर निर्माण गर्दा त्यसमा फर्निचरको सबै ब्यवस्थापनबारे जानकारी यहा दिइने संचालक नारायण बन्जाडेले बताए ।

भारतिय बजारभन्दा नेपालमै सस्तो बजार रहेको दाबी गरे । सिमा क्षेत्रमा गएर दुख र सास्तीलाई भुलेर स्वदेशमा नै सहज रुपमा बजार गर्ने व्यवहार सिकाउने थलोका रुपमा यो रहेको उनले बताए । न्युनतम खरिदमा होम डेलिभरिको समेत ब्यवस्था रहेको उनले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ८ : ४५ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान