१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

प्रहरीको मुख्य कार्य प्रभावकारी रूपमा पुलिसिङ गर्नु हो : प्रहरी महानिरीक्षक सिंह



काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन् ।

आफ्नो कार्यकालको एकसय दिन पुगेको अवसरमा बिहीबार नेपाल प्रहरीको प्रधान कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन लगायतका हरेक काम संगठनको प्रणाली अनुरूप पारदर्शी रूपमा भएको दाबी गरे ।

सांगठनिक सुधारको लागि ८ वटा लक्ष्य सहित कार्ययोजना २०७९ लागू समेत गरिएको उनले उल्लेख गरेका थिए ।

मिटरब्याजी, तस्करी, वित्तिय अपराध, सिमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबरजस्ती करणी लगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्य सम्पादन गर्ने उनले बताए ।

प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढिकरणको लागि आगामी दिनमा समेत सञ्चारजगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उनले जनाए ।

कानून भन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारीहरू प्रहरी आचरण तथा व्यावसायिकता भन्दा बाहिर गएमा कारवाही गरिने चेतावनी उनले दिएका थिए ।

कार्यक्रमको शुरूमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले गत आर्थिक वर्ष २०७७/०७८ र चालु आर्थिक वर्ष २०७८/०७९ को त्रैमासिक तुलनात्मक अपराध तथ्याङ्क प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ६ : २१ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू