२७ भदौ २०८३, शनिबार | September 12, 2026

ट्राफिक प्रहरीको स्कुल बस चेकिङ : बिहानै मापसे गरेर स्कुल बस चलाउँछन् चालकहरु



काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस चलाउने चालकहरुले नै बिहानै मादक पदार्थ सेवन गरेर बस चलाउने गरेको जनाएको छ । ट्राफिक प्रहरीले आज बिहानै मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउँने ६ जना चालकलाई नियन्त्रणमा लिएसँगै स्कुल बस चलाउने चालकहरुले बिहानै मापसे गर्ने गरेको पुष्टि भएको हो ।

आज बिहान साढे ५ बजे देखी साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरेका स्कुलबसका चालकहरु कारवाहीमा परेका हुन । मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा बा ३ क ९३५ नम्बरको ओमेगा सेकेण्डरी स्कुल कुमारी पाटीका बस चालक ईन्द्र बहादुर श्रेष्ठ , बा १ क ९४५६ नम्बरको टाईम ईन्टरनेशनल कलेजका बस चालक राज कुमार श्रेष्ठ र बा १ क ९३५६ नम्बरको त्रियोग हाई स्कुलका बस चालक साङ्गेल शेर्पा रहेका छन । त्यस्तै बा ८ च ९३८३ नम्बरको रेडियन्ट पव्लिक स्कुलका भ्यान चालक शिव कुमार क्षेत्री , बा १८ च ९८०१ नम्बरको ओरेन्ट ईष्ट मन्टेश्वरी स्कुल बल्खुका भ्यान चालक मनोज महर्जन र द्यब्द्य ण्ण्टद्ध नम्बरको निटिज बोर्डिङ स्कुल कुपण्डोलका भ्यान चालक भिमसेन नेपाली रहेका छन ।

ट्राफिक प्रहरीको नियमित चेकिङमा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ८ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका छन । मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाईएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गते देखी स्कुल बस चेक जाँच गर्ने अभियान संचालन गर्दै आएको छ । हाल सम्म १ सय १७ वटा स्कुल बसका चालकहरू कारबाहीमा परिसकेका छन । जस मध्ये मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २२ वटा र अन्य ट्राफिक नियम उल्लघंन गर्ने ९५ वटा स्कुल बसका चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरि सकेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : ४९ बजे

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको