२२ भदौ २०८३, सोमबार | September 7, 2026

फरक प्रेम कहानी रहेको बलिवुड फिल्म ‘इश्क पस्मिना’ सेप्टेम्बर २३ मा रिलिज हुँदै



काठमाडौ । अहिलेसम्म देखिएको र सुनिएको प्रेम कहानी भन्दा फरक प्रेम कहानी रहेको दाबी गरिएको बलिवुड फिल्म इश्क पस्मिना आगामी सेप्टेम्बर २३ मा रिलिज हुँदैछ ।

फिल्म कम्पनी कृष्ण शान्ति प्रोडक्सन हाउसले निर्माण गरेको फिल्म ञइश्क पस्मिना झको पोस्टर सार्बजनिक गर्दै निर्माण पक्षले यो फिल्मले सबैको मन जित्न सफल हुने दाबी गरेको छ ।

बलिवुड फिल्म निर्माता सुरज सुर्या मिश्राले आफ्नो फिल्म मार्फत अधिकांस नयाँ तर प्रतिभाशाली कलाकारलाई ठूलो पर्दामा अवसर दिएका छन् । टिभी दुनियाँका प्रभावशाली कलाकार भाविन भानुशाली र भारतका चर्चित कृकेटर दिपक चाहरकी बहिनी मालती चाहर फिल्ममा मुख्य भुमिकामा देखिदैछन् ।

साथै दिग्गज अभिनेत्री जरिना वहाब , बिजेन्द्र काला,कायनात अरोडा र बाल कलाकार गौरिका मिश्रा पनि फिल्ममा देखिनेछन् । यो फिल्मको निर्देशन अरबिन्द पाण्डेले गरेका छन् । फिल्मको गित र स्कृप्ट समेत लेखेका निर्देशक पाण्डेले फिल्मले अहिले सम्म नदिएको अनौठो र नौलो अनुभव दिने बताएका छन् ।

भारतका प्रसिद्ध संगितकार शाम बलकर र शाश्वत प्रखरले इश्क पस्मिना फिल्मको गितमा संगित भरेका छन् । साथै भारतका चर्चित फिल्म इडिटर राजेश पाण्डेले फिल्म इडिट गरेका छन् ।

जसले बाजीराव मस्तानी , गंगुबाई जस्ता कयौं चर्चित फिल्म इडिट गरिसकेका छन् । गत जनवरीमा सिम्लामा भारी हिमपात र अत्यधिक चिसो बढेको बेला माइनस डिग्रीमा गएर सुटिङ गरिएको यो फिल्मको चर्चा त्यसबेला देखि नै छ । किनभने फिल्मका कलाकारले आफ्नो ज्यान जोखिममा राखेर सुटिङमा सहभागी भएका थिए ।

सेप्टेम्बर २३ मा रिलिज हुन लागेको फिल्ममा इश्क पस्मिना छुटै र अनौठो किसिमको प्रेम कहानी रहेको कारण नै हिट हुनेमा निर्माता सुरज सुर्या मिश्रा र शालु मिश्रा ढुक्क छन् । ब्याग्र प्रतीक्षामा रहेको फिल्म इश्क पस्मिनाको ट्रेलर सेप्टेम्बर १ मा सार्वजनिक हुने निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : ५८ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा