२४ बैशाख २०८१, सोमबार | May 6, 2024

गाँजा खेती विरुद्ध प्रहरीको ‘एक्सन’, प्रहरी प्रमुख नै हंसिया बोकेर गाँजा फडानीमा



अर्घाखाँची । अर्घाखाँची प्रहरी जिल्लामा भईरहेको गाँजाको खेती विरुद्ध एकसनमा उत्रिएको छ । जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिका भित्रै व्यवसायिक गाँजा खेती भएको पाईएपछि प्रहरीले एक्सन लिएको हो ।

हालै सरुवा भएर अर्घाखाँची प्रहरी प्रमुखकारुपमा पुगेका डीएसपी मुकुन्द रिजाल आफै प्रहरी टोली सहित गाँजाको बोट फडानीमा खटिएका थिए । डीएसपी रिजालको कमाण्डमा १० जनाको प्रहरी टोली सहित स्थानीय जनप्रतिनिधिको उपस्थितीमा २५०० बढी गाँजाका बोटहरु फडानी गरिएको प्रहरीले जनाएको छ । अर्घाखाँची सन्धिखर्क नगरपालिका अन्तर्गत विभिन्न स्थानहरुमा अवैध रुपमा खेती गरिएको गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको रिजालले जानकारी दिए ।

सो अवसरमा डीएसपी रिजालले स्थानीयलाई लागु औषध सम्बन्धी सचेतनामुलक प्रशिक्षण समेत दिएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ८ : २७ बजे

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा