२२ भदौ २०८३, सोमबार | September 7, 2026

अक्षयकोष स्थापनार्थ सांस्कृतिक कार्यक्रम



रुपन्देही । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित अखिल साँझ कार्यक्रममा तिलोत्तमावासी रमाएका छन् । लामो समयपछि आयोजित सो खुला साङ्गीतिक कार्यक्रम हेर्न तिलोत्तमा र बुटवलका सङ्गीतप्रेमी सहभागी भएका थिए । गरिब तथा जेहेन्दार विद्यार्थीको अक्षयकोष स्थापनार्थ सो कार्यक्रममा ख्यातिप्राप्त गायक-गायिकाले प्रस्तुति गरेका थिए ।

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले कार्यक्रममा लामो राजनीतिक भाषण गरेनन् । कार्यक्रममा लोकगायक बद्री पङ्गेनीले ‘खै हाम्रो दिलमा त घामै लाएन, जसको शासन आए पनि जनताको शासन आएन’ भन्ने गीत गाउँदा उपस्थित सङ्गीतप्रेमीले भरपुर मनोरञ्जन लिएका थिए । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनको साङ्गीतिक प्रस्तुति हेर्न स्थानीय अबेरसम्म बसेका थिए ।

नयाँ पुस्ताकी लोकप्रिय गायिका रचना रिमालकोे प्रस्तुति सुरु भएपछि उपस्थित सङ्गीतप्रेमीलाई व्यवस्थित गर्न हम्मेहम्मे परेको थियो । ‘तिम्रो प्रिती पहिले हो कि मेरो प्रिती पहिले…’ बोलको गीत गाउँदा दर्शकदीर्घाबाट उनको प्रस्तुति मोबाइलमा कैद गर्न तछाडमछाम भएको थियो । उनलाई नजिकबाट नियाल्न पाएकामा तिलोत्तमावासी निकै खुसी भएका थिए ।

सो अवसरमा गायिका एन्जिला रेग्मीले पनि दिलको भित्तैमा, बस बसरे वसुन्धरा बहिनीजस्ता चर्चित गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाए । हाँस्य कलाकार पुरुपोत्तम भण्डारी पुर्खेबाले दर्शकलाई हसाए । कार्यक्रममा कलाकार नारायण विपी परियार, श्रीधर अधिकारीलगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सङ्कलन भएको रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीको अक्षयकोष स्थापना गर्ने अनेरास्ववियु तिलोत्तमा नगर कमिटिका अध्यक्ष सागर खनालले जानकारी दिए ।

 

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ११ : ४४ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा