२३ असार २०८३, मंगलबार | July 7, 2026

पशु स्वास्थ्य तथा पशु सेवा परिषद बिधेयकको पक्ष र विपक्षमा पशु क्षेत्रमा काम गर्नेहरुको जुहारी



बुटवल । प्रतिनिधिसभाबाट पशु स्वास्थ्य तथा पशु सेवा परिषद बिधेयक पास भएपछि नेपालका पशु सेवकहरु बिधेयकको पक्ष र विपक्षमा बहसमा उपित्रएका छन् । पशु चिकित्सकहरुको संस्था भेटनरी एशोसियसन बिधेयकको बिपक्षमा उत्रिएको छ भने नेपाल एनिमल साईन्स एशोसियसन, नेपाल पारा भेटनरी एण्ड लाइभष्टक एशोसियसन र नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ बिधेयकको पक्षमा उत्रिएको छ ।

भेटनरी एशोसियसनले अदक्ष र अर्धदक्षहरुलाई पशु स्वास्थ्यमा लगाउँदा पशुको स्वास्थ्यमा खतरा उत्पन्न हुने र सहि उपचार नपाउने भन्दै पशु स्वास्थ्यलाई बिशेषज्ञ सेवाको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरिरहेका छन् भने पशु स्वास्थ्य संग जोडिएका ३ वटा संस्थाले नेपालमा विशेषज्ञ सेवाको पहुँच देशभरी नपुग्ने भएको हुँदा दक्षता अनुसार सबै पशु क्षेत्रमा काम गरिरहेकाहरुको अधिकार कायम गर्ने पक्षमा देखिएको छ ।

उनीहरुले पशु सेवामा रहेका ७५ हजार बढि पेशाकर्मीहरुलाई वैधानिक बनाउन पशु स्वस्थ्य तथा पशु सेवा परिषद विधेयक २०७९ आवश्यक रहेको भन्दै त्यसको विरोध गर्नुको अर्थ नरहेको बताएका छन् । बुटवलमा आज तीनवटा संस्थाले पत्रकार सम्मेलन गर्दै योग्यता, सीप, दक्षता र योग्यताका कार्यको आधारमा मान्यता दिनेगरि प्रतिनिधि सभाबाट पारित भएको विधेयक वैज्ञानिक र ब्यवहारिक रहेको बताए ।

उनीहरुले प्रतिनिधिसभाबाट पास भएको बिधेयक रोक्न भेटनरी एशोसियनले जालझेल शुरु गरेको भन्दै राष्ट्रिय सभाबाट रोक्न दबाब दिने गरि बिधेयककोे विरोधको औचित्य नरहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसियशन पुर्वअध्यक्ष लोकराज भुषालले पशु आहारा, पशु प्रजनन, पशु स्वस्थ्य, पशु ब्यवस्थापन र बजारीकरणमा रहेकाहरुको कामको आधारमा ४ वर्गमा विभाजन हुने गरि विधेयक आएको दाबी गर्दै यसले अवैधानिक रुपमा रहेको ठुलो संख्याका पेशाकर्मीलाई सहजता मिल्ने बताए ।

यसअघि आएको नेपाल भेटेरीनरी काउन्सिल ऐन, २०५५ केवल पशु चिकित्साको क्षेत्रलाई मात्र सम्बोधन गर्ने थियो ।’–उनले भने । यो ऐनले देशमा पशु सेवा रहेका पचहत्तर हजार सामान्य, मध्यम तथा उच्चस्तरको विशेषज्ञ सेवा समेत प्रदान गर्ने प्राविधिकहरुलाई नसमेटेको हुँदा अहिले लामोसमयको दबाबपछि संशोधन भएर नयाँ बनेको उनले बताए ।

पशुको गुणस्तरीय सेवाबाट नै किसान र आम उपभोक्तालाई फाईदा मिल्ने उनले दाबी गरे ।

करीब १ हजार २ सय पशु चिकित्सकहरु रहेको नेपाल भेटेरीनरी एशोसियसन पछिल्लोसमय विधेयकको विरोधमा रहेको भन्दै यो गलत भएको नेपाल पशु स्वस्थ्य सेवा प्राविधिक संघका अध्यक्ष डेल्टा श्रीधर अधिकारीले बताए । पशु सेवालाई ब्यवसायिक बनाउदै मर्यादित बनाउने एउटा मुख्य मापदण्ड बन्ने क्रमलाई रोक्न नहुने उनले बताए । दुई दशकदेखि नेपालका दुरदराजका किसानका गोठमा पुगेर प्राविधिक र पेशागत सेवा दिदै आएकाहरुलाई ७५ हजार बढिका पक्षमा सेवा अधिकारको पक्षमा रहेको विधेयक रोक्ने गरि गरिएको आन्दोलनप्रति उनले आपत्ती जनाए ।

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ९ : ४५ बजे

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको