११ भदौ २०८३, बिहिबार | August 27, 2026

नेपाल र बेलायतबीच नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर, बेलायती सरह सेवासुविधा पाउने



काठमाडौं । नेपाल र बेलायतका पदाधिकारीबीच आज नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । समझदारी पत्रमा हस्ताक्षर गरेसँगै नेपाली नर्सलाई रोजगारीको लागि बेलायत जाने खुला भएको छ ।

समझदारी पत्रमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतको तर्फबाट नेपालको लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितीमा दुवै देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

‘यस समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवम् नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशिक्तको विकासमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ,’ समझदारी पत्रमा हस्ताक्षरपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

समझदारी पत्रमा बेलायतको स्वास्थ्य क्षेत्रमा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था गरिएको छ ।

समझदारी पत्रमा स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी ९जिटुजी० प्रक्रिया बमोजिम गरिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ४ : ५१ बजे

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका