३ चैत्र २०८२, मंगलबार | March 17, 2026

१० वटा ठेकेदार कम्पनी कालोसूचीमा पर्दा बुटवलको सडक ठेकेदारले पाए उन्मुक्ति



बुटवल । ठेक्का सम्झौता गरेर सम्झौता अनुसारको समयमा काम सम्पन्न नगर्ने १० वटा निर्माण व्यवसायीलाई कालोसूचीमा दर्ज गरिँदा बुटवल बेलहिया सडकलाई अलपत्र पार्ने ठेकेदार कम्पनीले भने उन्मुक्ति पाएको छ । पटक–पटक सूचना जारी गर्दा पनि बेवास्ता गर्ने १० ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राखेको सूचना प्रकाशित हुँदा बुटवलमा सडक अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीको सूचनामा परेका छैनन् ।

ठेक्का लिएको काम समयमै नसक्ने र निर्माण लागत बढाएर काम अलपत्र पार्ने कम्पनीलाई सार्वजनिक खरीद अनुगमन कार्यालयले कारबाहीसहित सूची सार्वजनिक गरेको हो ।

लामो समयदेखि आलोचना खेपेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनीसमेत कालो सूचीमा परेको छ । अनुगमन कार्यालयले बुधबार सार्वजनिक गरिएको सूचना अनुसार अधिकारीको शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनीलाई तीन वर्ष कुनै काम गर्न नपाउने गरी प्रतिबन्ध लागाइएको छ ।

दुई चिनियाँसहित दश निर्माण कम्पनीलाई कुनै नयाँ खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको अनुगमन कार्यालयले प्रकाशित सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रकाशित सूचनामा बुटवल बेलहिया सडकमा लापरवाही गर्ने द कञ्चनजङघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिको नाम भने छैन । सडक बिभागले सो कम्पनीलाई उन्मुक्ति दिने योजना अन्तर्गत कालोसूचकिा लागि सिफारिस नगरेपछि ठेकेदारले उन्मुक्ति पाएको हो ।

बुटवल उपमहानगरपालिकाले राखेको एक छलफलमा बिभागका उपनिर्देशक दिपक श्रेष्ठले खरीद ऐनको १२ औ संशोधनको कारवाही गर्न नकिल्ने तर्क गरेका थिए । उनले सूक्ष्म अनुगमन गर्दै काम गर्न दिएर एक पटकलाई म्याद थपिदिने संकेत गर्दै ठेकेदारको बचाउको पक्षमा धारणा राखेका थिए ।

ऐनको संशोधनमा उल्लेख भएको ऐन जारी भएको २१ दिन भित्र ठेकेदार कम्पनीले निबेदन नदिएमा र लगातार ६ महिना काम नगरी काममा लापरवाही गरेको अवस्थामा बाहेक ठेक्का सिधै खारेज गर्न नकिल्ने बिभागको तर्क छ । यस अघि २ पटक म्याद थप्दा र स्थानीय प्रशासनले पटक पटक लिखित ताकेता गर्दा समेत अटेर गरेर बसेका ठेकेदारलाई ए्ेन देखाएर बचाउन नहुने उपमहानगर प्रमुख खेलराज पाण्डेले बताउँदै आएका छन् । स्थानीय प्रशासनको निर्देशनको अवज्ञा, पटक पटक म्याद गुजार्नु र बिभाग अन्तर्गतको परियोजनाले ठेक्का किन खारेज नगर्ने ? भनेर स्पष्टिकरण सोधिसकेको अवस्थामा ऐनले कालोसूचीमा राख्न र ठेक्का खारेज गर्न नरोक्ने पाण्डेको भनाई छ ।

बुटवल बेलहिया सडकको ३ स्थानमा काम अलपत्र पार्ने ठेकेदारको बिषयमा के भईरहेको छ भन्ने जिज्ञासामा बुटवल बेलहिया व्यापारीक सडक परियोजनाकी सूचना अधिकृत सबिता ज्ञवालीले बिभागका उपमहानिर्देक श्रेष्ठले भाद्र महिनाभरी कडा अनुगमनमा राखेर काम गराउने निर्देशन दिएको जानकारी दिईन् । अन्य निर्णय भएको विषयमा बिभागबाट कुनै जानकारी नआएको उनले बताईन् ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ११ : ३३ बजे

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको