१ पुस २०८२, मंगलबार | December 17, 2025

यस वर्ष डेंगु ज्वरोको कारण बुटवलमा पहिलो मृत्यु



बुटवल । यस वर्ष डेंगु ज्वरोबाट बुटवलमा पहिलो पटक एकजनाको ज्यान गएको छ । बुटवलमा उपचाररत बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने ७६ वर्षीय चुरामणि आचार्यको डेंगु ज्वरोका कारण मृत्यु भएको हो । अर्घाखाँचीको मालारानी गाउँपालिका १ घर भई हाल बुटवल बस्दै आएका आचार्यको आफ्नै निवासमा मृत्यु भएको हो ।

लामो समयबाट पारालाईसिस्का कारण घरमै बस्ने गरेका आचार्यलाई केही दिनदेखि ज्वरो आएपछि परिक्षण गराउँदा डेंगुको ज्वरो पुष्टि भएको थियो । बुधबार थप परीक्षणपछि बिहीबार काठमाडौं लैजाने तयारी गरिएको अवस्थामा आचार्यको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । थप उपचारका लागि काठमाडौंबाट छोरा टेकराज आचार्य आएर लैजाने तयारी गरेको समयमा आचार्यको मृत्यु भएको परिवारका एक सदस्यले जानकारी दिए । उनको बिहीबार राती नै त्रिवेणीमा अन्त्येष्टि गरिएको छ ।

मृतक आचार्य अर्घाखाँचीको मरेङ गाविसको पूर्व उपाध्यक्ष हुन् ।

अहिल्लो साता तिब्र गतिमा बढेको डेंगुको प्रकोप यस साता केही घटेको लुमिबनी अस्पतालका बरिष्ठ चिकित्सक डा. नन्दु पाठकले बताए । खबरकुरासंग कुरा गर्दै डा. पाठकले यस साता अस्पताल आउने डेंगुको बिरामी घटेको जनाए । तिज मान्न बुटवलबाट पहाड जाने संख्या ठुलो भएको र सबै तिजको रमझममा भएरपनि अस्पताल आउनेको संख्या कम भएको हुन सक्ने डा. पाठकले अनुमान गरे । पाठकका अनुसार अहिले पनि लुम्बिनी प्रादेशिक अस्पतालमा २० बढी डेंगुका बिरामी छन् । नीजि अस्पतालहरुमा पनि बिरामीहरुको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  ३ : १० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष