३ चैत्र २०८२, मंगलबार | March 18, 2026

विदेश भ्रमणको विवरण लुकाउँदै कर्मचारी



काठमाडौं । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण क्रममा करोडौं खर्च गर्ने गरेको पाइएको छ । यद्यपि, उपलब्धि भने खासै देखिँदैन ।

कर्मचारीले घुमघाम र भत्तामा मात्रै वार्षिक ५० करोडभन्दा बढी सकाउने गरेको पाइएको छ । विदेश भ्रमण गर्दा लाखौं भत्ता आउने हुँदा उनीहरू विदेश भ्रमणका लागि मरिहत्ते गर्ने गरेका छन् ।

सरकारले केही वर्षअघिसम्म विदेश जाने कर्मचारीको विवरण सार्वजनिक गर्ने गरेको थियो । तर, अहिले आएर मन्त्रालयले मातहतका विदेश जाने कर्मचारीको विवरण गोप्य राख्ने गरेको छ ।

सरकारले विदेश अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग गर्दै विभिन्न मन्त्रालय र मातहतका कर्मचारीले पछिल्लो समय थाइल्यान्ड, अमेरिका, जापान, बेलायत, चीन जानेक्रम फेरि बढेको छ ।

कोरोनाका समयअघिसम्म कर्मचारी विभिन्न बहाना बनाएर विदेश जानेक्रम व्यापक थियो । तर, कोरोना अवधिमा भने कर्मचारीको विदेश भ्रमणक्रम ह्वात्तै घटेको थियो । अहिले फेरि कर्मचारी विदेश भ्रमणमा जानेक्रम ह्वात्तै बढेको हो ।

सरकारले विदेशमा अध्ययन अवलोकनबापत विनियोजन गरेको रकम नसकिँदासम्म कर्मचारी विभिन्न समूह बनाएर विदेश जानेक्रमलाई निरन्तरता दिइरहेका छन् ।

अहिले पनि विभिन्न मन्त्रालयका कैयौं टोली विदेश भ्रमणमा मस्त छन् । ‘अध्ययन अवलोकन’का नाममा विदेश भ्रमणमा गएको बताइए पनि फर्केपछि त्यसको कुनै उपयोगसमेत भएको देखिँदैन ।

स्र्रोतका अनुसार विदेश भ्रमणमा बढी जानेमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग मन्त्रालय, गृह मन्त्रालय, कृषि मन्त्रालय, शिक्षा मन्त्रालय तथा मातहतका कर्मचारी बढी छन् ।

कर्मचारी विभिन्न देशमा घुमेर आए पनि त्यहाँ सिकेका राम्रा कुरा व्यवहारमा उतार्न खासै पहल गर्दैनन् । तालुक निकायले पनि विदेश भ्रमण गएर आएपछिको उसको सिकाइ उपलब्धिको विवरणसमेत माग्न छोडेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसअघि विदेश भ्रमणमा कडाइ गरे पनि अहिले भने प्रधानमन्त्री कार्यालयले पनि कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्न सकेको छैन । जसका कारण विदेश भ्रमणमा जानेक्रम बढ्न पुगेको छ ।

स्रोतका अनुसार विदेशमा हुने सरकारी कार्यक्रममा मन्त्रालयका अधिकृत र उपसचिव जाँदा पनि हुने ठाउँमा प्रायः सचिव तथा सहसचिव नै जाने गरेका छन् ।

मन्त्रालयमा विदेश जाने कोटा आउँदा पनि सचिव, सहसचिव तथा उपसचिवस्तरकै कर्मचारीले बढी अवसर पाउने गरेका छन् । राजपत्रांकित तहका खरिदार, सुब्बा तथा अधिकृतले पनि विदेश जाने अवसर निकै कम पाउने गरेका छन् ।

सरकारी कोटामा विदेश पठाउने कार्यमा पनि ठूलो विभेद हुने गरेको पाइएको छ । सोर्सफोर्स र पहुँच नभएका व्यक्ति विदेश जाने अवसरबाट वञ्चित हुँदै आएको कर्मचारीकै गुनासो छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ८ : ०१ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड