२ बैशाख २०८३, बुधबार | April 15, 2026

सात सयले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

अघिल्लो शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार आठ रहेकोमा आज सात सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ छ । गत साताको शुक्रबार प्रतितोला ९५ हजार तीन सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । शुक्रबार तोलामा ११ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  १२ : १५ बजे

स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौं । आज अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ

यसरी मनाइयो भक्तपुरमा सुथसिया जात्रा

भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको अनुहार, शरीर सबै

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशनअगावै पठनपाठन हुने

तनहुँ । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख

लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक

मधेशप्रदेशमा जुडशीतल मनाइँदै

महोत्तरी । प्राचीन मिथिलाक्षेत्रमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज