२४ माघ २०८२, शनिबार | February 7, 2026

सम्झौता पूरा नभए डा. गोविन्द केसी २७ भदौदेखि सत्याग्रह बस्ने



काठमाडौं । स्वास्थ्य सेवा सुधारको माग गर्दै लामो समयदेखि सरकारलाई दबाब दिइरहेका डा. गोविन्द केसीले सरकारसँग यसअघि गरिएका सहमति, सम्झौता पूरा नभए २७ भदौदेखि सत्याग्रह सुरु गर्ने बताएका छन् ।

आज आयोजित पत्रकार सम्मेलन डा. केसीले मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गरि आए पनि सरकारले बेवास्ता गरेको बताए । उनले जुन सरकार आए पनि समस्या समाधान गर्ने बारे सहमति मात्रै गर्ने तर सहमति कार्यान्वयन नगर्ने गरेको आरोप लगाए ।

देश संघीयतामा गएर स्वास्थ्य सेवा विकेन्द्रीकरण भएपछि देखिएका तथा बल्झिएका विभिन्न समस्या र तिनका कारण दुरदराजका नागरिकबाट खोसिँदै गएको स्वास्थ्य सेवा बारे सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदै आए पनि समस्या सम्बोधन नभएको उनले बताए । यस अघि केपी शर्मा ओली नेतृत्वको सरकारले माफियाहरूको स्वार्थमा कानुन बनाउनेदेखि नियामक निकायका पदाधिकारीहरूलाई धम्क्याउने तथा भ्रष्ट र ठगीमा मुछिएका व्यक्तिहरूलाई दलीय वफादारिका आधारमा पदाधिकारीमा नियुक्ति दिएको उनको आरोप छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि केही सुधार होला भन्ने अपेक्षा गरे पनि वर्तमान सरकारले उल्टै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रलाई थप अस्तव्यस्त पारेको डा. केसीले बताए ।

सरकारी पक्षले पूर्व सहमति कार्यान्वयनका लागि केही समय मागेकाले सत्याग्रहको कार्यक्रम दुई साता सारेको उनले बताए । यसबीच ती सबै काम नभए २७ भदौदेखि सत्याग्रह शुरु गर्ने डा. केसीको भनाइ छ ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ४ : ४२ बजे

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको

टी-२० विश्वकप : शेफर्डको पाँच विकेट, हेटमायरको विस्फोटक अर्धशतकसँगै वेस्ट इण्डिजको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई