९ असार २०८३, मंगलबार | June 23, 2026

चीनमा भारी वर्षापछि ४६ हजार मानिसलाई सुरक्षित क्षेत्रमा सारियो



सिचुआन । चीनको सिचुआन प्रान्तमा शनिबारदेखि परेको भारी वर्षाका कारण रातारात ४६ हजार ४ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीले चेङ्दु, गुआङ्युआन र गार्जे तिब्बती स्वायत्त प्रिफेक्चरलगायतका सात सहर र प्रिफेक्चर प्रभावित भएको जनाइएको छ ।

ग्लोबल टाइम्सका अनुसार सिचुआनका सहरह, प्रिफेक्चर र चेङ्दुको उत्तर र उत्तरपश्चिममा यो साताको अन्त्यमा भारी वर्षा हुनेछ भने मियानयाङ, याआन, गुआङ्युवान, देयाङ, आबा र गार्जे प्रान्तहरूमा पनि मध्यमदेखि भारी वर्षा हुनेछ । केन्द्रीय मौसम विज्ञान पर्यवेक्षकले आइतबार बिहान पानी पर्नका लागि ब्लू अलर्ट जारी गरेको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रले आइतबार बिहान पूर्वी सिचुआनलगायत देशका केही भागहरूमा उच्च तापक्रमको लागि पहेंलो चेतावनी जारी गरेको थियो । चीनमा ६ दशकयताकै सबैभन्दा खराब गर्मीले देशको आर्थिक क्षेत्रलाई प्रभावित गरेको छ । एजेन्सी

 

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ६ : ४९ बजे

तिलोत्तमामा नेवारी परिकार बनाउने प्रशिक्षण सम्पन्न

तिलोत्तमा । नेवाः देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १० दिने

तातो दिन नघटेपछि नेपालगन्जमा पुनः ३ दिन गर्मी विदा

नेपालगन्ज । अत्याधिक गर्मी र तातो लहरको प्रकोप बढेपछि नेपालगन्ज

चीनमा भारी वर्षाका कारण नौ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द

गुईझोउ (चीन) । दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको

बुटवल उपमहानगरका इन्जिनियर सुमन श्रेष्ठ रास्वपाको महाधिवेशनमा

बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत इन्जिनियर सुमन श्रेष्ठको राष्ट्रिय स्वतन्त्र

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका