५ श्रावण २०८३, मंगलबार | July 21, 2026

मानसिक अस्वस्थता भएकासंग कस्तो ब्यवहार गर्ने ?



समाजमा कहिलेकाहीँ अकल्पनीय र दुखद घटनाहरु हुने गर्दछन । यस्ता घटना घटनुको पछाडि धेरै कारणहरु हुन सक्छन। कहिले काहिँ मान्छेको मानसिक स्बास्थ्य अबस्था ठिक नहुदा पनि कहिलेकाहीँ यस्ता दुखद घटना हुन पुग्छन । यस्तै दुखद घटना मोरङको बेलबारीमा भएकोछ। एक ३० बर्षिय जीवन लिम्बू नामका ब्यक्तिले आफ्नी ५५ बर्षकी आमा देवीकुमारी लिम्बूको हत्या गरि आफुले पनि आफ्नो घाँटी आफैले रेटेर बीभत्स तरिकाले आत्महत्या गरेका छन।
उनी जाँड रक्सिको दुर्ब्यसनी तथा मानसिक रुपमा अस्वस्थ भएको पाईएकोछ। बेला बेलामा मानसिक रोगका कारण यस्ता दुखद घटना हुँदा मानसिक रोगीहरु हिंसात्मक र डरलाग्दा हुन्छन् । उनीहरुलाई घर परिवार, समाजबाट ढाटा राख्नु पर्छ वा बाधेर राख्नु पर्छ, भन्ने धारण आम मानिसहरुमा पाईन्छ । मानसिक सन्तुलन गुमाएको ब्यक्तिले कसैको हत्या गर्यो रे भन्ने समाचार सुन्दा वा देख्दा मानसिक रोगी हिंसात्मक नै हुन्छन् भन्ने हामीलाई लाग्न पनि सक्छ । तर सबै मानसिक रोगी हिंसात्मक हुदैनन् ।

नरम खालको मानसिक समस्या भएका व्यक्तिले हत्या, हिंसा गर्ने सम्भावना हुँदैन् । कडा खालको मानसिक रोग लाग्दा भने शंका, अत्याधिक आबेग, सोचाईमा हुने (Delussion) हेराई, सुनाईमा हुने मित्थावास (Hallucination) का कारण अन्जानवस यदा कदा यस्ता घटना घटने पनि गरेका छन ।
विशेष गरि जाँड रक्सि तथा लागूको दुरब्यसनी , तथा अन्य मानसिक रोगहरु जस्तो सिजोफ्रेनिया, मेनिया , अति रिस उठने रोग, डिलेरियम , डिमेन्सिया जस्ता रोगमा बिरामी कहिले काहीँ आबेगमा आएर हिंसात्मक व्यवहार देखाउन सक्छ।

उनीहरुले यस्तो घटना घटाउनुको पछाडि कसैलाई दुख दिन्छु, बदला लिन्छु भनेर जानिबुझि गरेका हुँदैनन् । उनीहरुमा यस्तो सोच्ने क्षमता पनि हुँदैन् । यसको अपवाद असामाजिक व्यक्तित्व भएका (Psychopath) हरुमा भने बदलाको भावना हुन्छ उनीहरु सोचविचार गरिकन अपराध गर्ने गर्दछन। अपराध गरेकोमा उनीहरुलाई कुनै पछुतो पनि हुदैन ।

मानसिक समस्यामा परेको व्यक्तिबाट कुनै किसिमको अप्रिय घटना नहोस् भनेर घर परिवारका सदस्यले विशेष ध्यान पुर्‍याउनुपर्छ । बिरामीले अरुलाई मात्र होईन आफुलाई पनि खतरामा पर्न सक्छ ।

परिवारले ध्यान दिनुपर्ने कुराः
१, कडा खालको मानसिक रोग लागेको ब्यक्तिलाई म रोगी छु मैले उपचार गर्नु्पर्छ भन्ने ज्ञान नहुन सक्छ । यस्तो अबस्थामा फकाई फुलाई अस्पताल लैजानुपर्छ ।

२, उनीहरुसँग विवाद, झर्को फर्को गर्नु हुँदैन् । औषधी खान नमान्दा फकाएर खुवाउनुपर्छ ।

३, बिरामी र परिवारलाई असुरक्षाको महसुस भएमा अस्पतालमा भर्ना गर्नुपर्छ ।

४, उनीहरुसँग ठूलो स्वरले बोल्ने, ईशाराले बोल्ने, आँखामा आँखा जुधाएर बोल्ने गर्नु हुँदैन् ।

५, मानसिक रोगीले भेट्ने गरी हात हतियार, धारिले वस्तु, डोरी लगायतका सामान राख्नु हुँदैन् ।

६, विरामी उत्तेजित भएका बेला रेडियो, टिभि बन्दगर्नु पर्छ ।

७, आफुलाई खतरा महसुस भएमा तुरुन्त रोगीबाट टाढा जानुपर्छ ।

[लेखक मनोविद हुन ]

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ७ : ५२ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले