२३ बैशाख २०८१, आइतबार | May 5, 2024

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे भदौ १९ गते नेपाल आउँदै



काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे भदौ १९ गते नेपाल आउने भएका छन् ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाप्रमुख जनरल मनोज पाण्डे नेपाल आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । पाँचसदस्यीय भंमणटोलीसहित नेपाल आउन लागेका पाण्डेले पाँच दिन नेपालमा बिताउनेछन् ।

भ्रमणका क्रममा पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्‍डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मासँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम तय भएको छ ।

भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रम लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

नेपाली सेना र भारतीय सेना बीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् । साथै, उनले आफ्नो भ्रमणको दौरान सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  २ : ५२ बजे

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं