१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

जनता समाजवादी पार्टीको बागमती प्रदेश समिति पुनर्गठन



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गर्दै प्रदेश समितिलाई पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा कृष्णभक्त डंगोल, जिमी लामा, प्रतिमा शाही, विकास तामाङ ब्लोन, राजु महर्जन र राजकुमार गिरी रहेका छन् । समितिको मुख्य सचिवमा इश्वर राउत, सचिवहरुमा अजय निराला, अर्जुन कुँवर, दावाछिरी शेर्पा, प्रेम वाइव र लक्ष्मी थापा रहेका छन् । समितिको सदस्यहरुमा विश्व आले, विच्छी थामी, रामबहादुर स्याङताङ, लक्ष्मण गुरुङ, लोकबहादुर श्रेष्ठ, लगायत रहेका छन् ।

माथिल्लो समितिमा रहेका नेताहरु तल्लो समितिमा रहन नमिल्ने विधानको व्यवस्था कार्यान्वयन गर्न समिति पुनर्गठन गरिएको प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जनाए । यस अघि बाबुराम भट्टराई पक्षका कारण उक्त प्रावधान कार्यान्वयन हुन नसकेको अबस्था थियो ।

 

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  १० : ४७ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा