३ पुस २०८२, बिहिबार | December 18, 2025

डेंगुबाट नेपालमा दोस्रो मृत्यु, कैलालीमा डेंगुबाट एक महिलाको मृत्यु



धनगढी । नेपालमा डेंगु ज्वरोबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आज कैलालीमा डेंगुका कारण एक जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट दोस्रो व्यक्तिको मृत्यु भएको हो । आज मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीय गिता शाहीको रहेकीछन् । अघिल्लो सातामात्र रुपन्देहीको बुटवलमा एक पुरुषयको डेंगुका कारण मृत्यु भएको थियो ।

निसर्ग अस्पतालमा उपचाररत कार्डियोप्लमोनरी अरेष्टबाट मृतक शाहीमा डेंगुको पनि लक्षण देखिएको थियो । उनको मंगलबार बिहान अस्पतालमा उपचारकै क्रममा मृत्यु भए पनि बुधबारमात्र पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।

साउन महिनायता कैलालीसहित देशभरका ७० जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षमा डेंगुका कारण मृत्यु हुने शाही दोस्रो व्यक्ति हुन् ।

यस वर्ष हालसम्म नेपालमा दुई हजार पाँच सय ३९ जनामा डेंगु पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार साउन १ गते यता कैलालीको लम्की चुहा नगरपालिकामा मात्र २५ जनामा डेंगुको संक्रमण देखिएको छ । गत वर्ष पनि कैलालीको लम्की चुहामा एक सय ३३ जना डेंगुका बिरामी देखा परेका थिए । खासगरी असारदेखि असोजसम्म डेंगुका बिरामी देखिने गरेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए ।

डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘परीक्षण गर्न किट महँगो छ, हामीसँग किटको अभाव भएकाले परीक्षणको दायरा बढाउन सकेका छैनौँ, माथिल्लो निकायमा पत्राचार गरेका छौँ ।’ धामीले भने ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ११ : ०३ बजे

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले